‘देश भयंकर दोसाँधमा छ, कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’ : बाबुराम भट्टराई

१४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको बताएका छन्।

यस्तो बेला कुन बाटो जाने भन्ने सबैले सोच्नुपर्ने भट्टराईको भनाइ छ।

उनले अग्रगमनतर्फ जाँदा सुखद भविष्य भए पनि प्रतिगमनतर्फ जाँदा अन्त्यहीन द्वन्द्व हुनेसमेत संकेत गरेका छन्।

‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ। कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’ बुधबार ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना हो।’

उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा सहमतिय सरकार गठन तथा सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटो भनेका छन्।

यसो नभए पश्चगमनतर्फ जाने उनको भनाइ छ।

संसद विघटन, चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने आँकलन भट्टराईको छ।

यसो भए अन्त्यहीन द्वन्द्व भइरहने भएकोले बेलैमा सोच्न पनि उनले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button