चुनावको गाडी नकुदाउनुस्,ठूलो दुर्घटना ल्याउनसक्छ : बाबुराम भट्टराई
११ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना ल्याउने बताएका छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई भट्टराईले प्रतिगमन भनेका छन्।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ,’ आइतबार ट्वीट गर्दै उनले भनेका छन्, ‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ।’
प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1