आन्दोलनको यो कास्टिङ मात्रै हो, फिल्म बाँकी नै छ : माधव नेपाल

९ माघ, काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको आन्दोलनलाई एक कास्टिङ मात्रै भएको र फिल्म बाँकी नै रहेको चेतावनी दिएका छन् ।

संसद विघटन विरुद्धको प्रदर्शनले जनआन्दोलनको झल्को दिएको पनि उनले बताए । शुक्रबार दाहाल-नेपाल समूहको नेकपाको काठमाडौँमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

सम्धोनको क्रममा उनले भने ‘यो त कास्टिङ मात्र हो । फिल्म सुरु हुन बाँकी नै छ ।’

यस्तै नेकपाले केपी ओलीलाई कारवाही गर्न थालेको पनि बताए । ओलीलाई अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट पनि हटाउनेबारे स्पष्टीकरण सोधिएको बताएका थिए ।

साथै ओलीसँग कुनै हालतमा आफूहरु नझुक्ने बरु ओलीले घुँडा टेक्नुपर्ने अवस्था छिट्टै आउने नेपालको भनाइ छ । सडकमा उर्लिएको जनसागरलाई उपेक्षा गर्ने गल्ती गरेमा त्यसको परिणाम गम्भीर हुने पनि नेपालले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button