न्याय नमारिसियोस्,संविधान बाहिर नगइसियोस् : गगन थापा

९ माघ, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संविधानमै नभएको व्यवस्थाबाट संसद् भंग गर्नु प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र गैरराजनीतिक कदम भएको बताएका छन् । 

बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै थापाले संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै प्रधानमन्त्री ले संसद विघटन गर्नु असंवैधानिक भएको बताए।

‘संविधान पल्टाएर, बुझेर र जानेरै संविधानको धारा ७६ लेखेको हो। नशामा लठ्ठ परेर होइन,’ उनले भने।सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले संसद पुनःस्थापना भएपछि मात्र चुनावको कुरा गर्नुपर्ने बताए ।

थापाका अनुसार संविधानमा कहीँ कतै बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन  । सर्वोच्च अदालतले कुनै भ्रममा नपरी संविधान सम्झेर निर्णय गर्ने विश्वास आफूमा रहेको बताउादै त्यसबाहिर न्यायाधीश जान नहुने बताए ।

‘बाहिर भएको हल्लाले प्रभाव नपारोस् । बन्द कोठाको खासखुसले पनि प्रभाव नपारोस्,’ उनले भने, ‘न्यायाधीशहरुलाई आफ्नो ड्युटी र कर्तव्यले मात्रै प्रभाव पारोस् । हामीले न्यायाधीशहरुलाई केही भनेका छैनौं,’ श्रीमानहरुले धर्म नछाडिसियोस् ।

न्याय नमारिसियोस् । संविधान बाहिर नगइसियोस् । यत्तिमात्र भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button