
मापसे’ सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति
नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान देउवा सरकारलाई मापसे सरकारको संज्ञा दिएका छन् ।

सोमबार प्रतिनिधि सभामा बोल्दै नेता बस्नेतले वर्तमान सरकारलाई परमादेश सरकार भन्दा सत्तापक्षका सांसदहरूलाई टाउको दुख्ने गरेको भन्दै आफूलाई ‘एकजना कलाकारले दिएको सुझाव अनुसार यो सरकारलाई मापसे सरकार भन्ने बताए ।

‘किनभने माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले मापसे सरकार’, बस्नेतले भने ।
उनले मापसे सरकारले संसद् अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै विरोध समेत गरे ।
मापसे सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद् अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ बस्नेतले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’
संसदका दुवै सदनको अधिवेशन अन्त्य
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् ।
संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।



