चितवनको इच्छाकामनामा बस र माइक्रो ठोक्कियो : एक जनाको मृत्यु, १७ घाइते
चितवन : चितवनको इच्छाकामनामा बस र माइक्रो ठोकिएर १ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो चितवनको इच्छाकामना–३, चुम्लिङटारमा बिहीबार साँझ करिब साढे ५ बजेतिर एक आपसमा ठोकिएको थियो।

दुई सवारी ठोकिंदा दुबैमा क्षति भएको छ। सवारी साधन एक आपसमा ठोकिंदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १७ जना घाइतेको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



