
आफैले बनाएको सरकार देखि किन भए प्रचण्ड निरास ? भने ‘हामीले सोचेजस्तो भएन’
काठमाडौं । आफैले बनाएको सरकार देखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निरास देखिन थालेका छन् ।

उनले आफुहरुले चाहे जस्तो र सोचेजस्तो नभएको बताएका छन् । नेकपा एमालेको सरकार गिराउन प्रचण्ड लगायत विपक्षी गठबन्धनले निकै ठूलो कसरत गरेका थिए ।

गठबन्धनको सरकार बनेको एक महिना पनि नहुँदै प्रचण्ड भने निरास भएका छन् ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा केन्द्रीय कमिटीका सदस्यहरुलाई सम्बोधन गर्दै प्रचण्डले सरकार आफुले चाहे जस्तो नभएको बताएका छन् । ुहाम्रो यहाँ सोचेजस्तो भएन। तर राजतन्त्रको अन्त्य भयो गणतन्त्र आयो यसो हेर्दा हामीले सोचेको जस्तो त केही भयो पनि।
तर अहिले पनि सामन्तवादी प्रवृति हावी नै छ,ु प्रचण्डले भने।
उनले अझै पनि ढुक्क भएर बस्न सक्ने अवस्था नभएको बताएका छन् । एमालेकै माधव नेपालको पक्षले नचाहने हो भने वर्तमान सरकार जतिबेला पनि गिर्न सक्ने उनको संकेत थियो ।
माधव नेपाल पक्षले पार्टी भित्रै गरेको संघर्ष र अहिले सम्म नेपालले राखेको अडानका कारण सरकार नयाँ बनाउन सकिएको भएपनि उनको अडान फितलो हुनासाथ फेरी ओली आउन सक्ने सम्भावना उनले देखेका छन् ।
यस्तो अवस्थामा पनि जिम्मेवार भएर अघि बढेमा नेतृत्व अगाडि अहिले ठुलो अवसर भएको उनको भनाई थियो।
‘चुनौती र खतरा अहिले पनि छन्। हामी जिम्मेवार भएर अघि बढ्नु पर्ने छ। रुपान्तरण आवश्यक छ हामीले सक्नै पर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ुहामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ। हामी सबैले अगाडि बढ्नु नै पर्छ। यो नेतृत्व अगाडि अहिले ठुलो अवसर पनि छ।’
एमाले माधव पक्ष सरकारमा नजाने तर रामकुमारी झाँक्री उपसभामुख बन्दै !
नेकपा एमाले एकताको पाटो अब करिब सकिएको संकेत नेताहरुले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति जुट्न नसकेका कारण एकताको सम्भावना कम हुँदै गएको हो ।
तर पार्टी भित्रै संघर्ष गर्ने निर्णय सहित सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको माधव समुहलाई सरकारमा सहभागी गराउने प्रयास पनि विपक्षी दलको छ ।
आफुलाई प्रधानमन्त्री बन्न मुख्य भूमिका खेलेका नेपाल पक्षलाई सरकारमा सहभागी गराउने चाहना देउवाको छ । तर नेपाल पक्ष सरकारमा जान चाहन्न ।
एमाले भित्र एकताका लागि प्रयास जारी रहेकै कारण तत्काल सरकारमा जान नचाहेको नेपाल पक्षले संघीय संसदको प्रतिनिधि सभामा उपसभामुख रिक्त रहेको पदमा भने चासो देखाएको चर्चा चलेको छ ।
सो पद रिक्त रहेको २० महिना पुग्न लागेको छ । दुई दुईपटक विघटन भएको प्रतिनिधि सभालाई लामो राजनीतिक र कानुनी संघर्षपछि पुनर्स्थापना गरिए पनि उपसभामुख चयन हुन सकेको छैन ।
२०७६ माघ ६ गते उपसभामुखबाट शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सो पद रिक्त भएको हो । सरकारमा जान नमिल्ने भएपछि नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने बताएको बताइएको छ ।
संवैधानिक व्यवस्थाअनुसार एउटै दलको र एउटै लिङ्गको सभामुख र उपसभामुख बन्न पाउँदैनन् ।
माओवादीका नेता अग्नि सापकोटा सभामुख भएका कारण सोही पार्टीवाट उपसभामुख बन्ने सम्भावना छैन । अब माओवादी बाहेकका दलबाट महिलालाई उपसभामुख बनाउनु पर्ने संवैधानिक बाध्यता छ ।
यसर्थ एमालेको नेपाल समूहले आफूलाई उपसभामुख दिनुपर्ने गठबन्धनमा कुरा राखेको बुझिएको छ । नेपाल समूहबाट महिला उपसभामुख हुने भएकाले सांसद रामकुमारी झाँक्रीको नाम चर्चा रहेको छ ।



