दस वर्षीय बच्चाको क्रूर हत्या, किलाले आँखासमेत फुटाए

भारतको उत्तर प्रदेशस्थित कानपुरमा १० वर्षीय बालकको हत्या भएको छ। दुई दिनअघि बेपत्ता भएका ती बालकको शव नग्न अवस्थामा भेटिएको  प्रहरीले जनाएको छ।

कानपुर आएटरका एसपी अजीत कुमार सिन्हाका अनुसार बालकको शव नग्न अवस्थामा भेटिनुको साथै उनको आँखासमेत फुटाइएको छ। बच्चाको शरीरमा चुरोटको टुठोले पोलेको र घाँटीमा जुत्ताको डामसमेत रहेको उनले बताएका छन्।

प्रहरीले ती बच्चालाई कुकर्म गरेर मारेको आशंका गरेको छ। त्यसका अलावा तन्त्र मन्त्रको सिकारसमेत हुनसक्ने बताइएको छ। प्रहरीका अनुसार शव भेटिएको ठाउँमा रक्सीका बोतल र किलासमेत फेला परेको छ। सोही किलाले आँखा फुटाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले ती बच्चाको पहिचान अहिले खुलाएको छैन। पोस्टमार्टमपछि घटनाबारे थप खुल्ने एसपी अजीतले आजतकसँग भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button