काँगेसले आज वडास्तरीय विरोध प्रदर्शन व्यापक रुपले गर्दै
८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध नेपाली काँग्रेस आज ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्दै छ ।
संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीत संसद विघटन गरिएको भन्दै काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा स्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपिल गरेका छन् ।
काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1