प्युठानमा एक पुरुषको हत्या, अर्का गम्भीर घाइते

प्युठानमा एक पुरुषको हत्या भएको छ।

प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ वर्षीय हेमन्त पुनमगर भनेर चिनिने नरेन्द्र पुनमगर छन्। उनकै साथी सुरेश बस्नेत गम्भीर घाइते छन्।

घाइते बस्नेतको भैरहवा मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन भइसकेको छ भने अवस्था गम्भीर छ। बस्नेतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

हिजो बिहान सवा ६ बजेतिर हामीलाई खबर भएको थियो। घटना कतिबेला भएको हो भन्ने खुलेको छैन,’ प्रहरी नायब उपरीक्षक मल्लले भने,’ जंगल क्षेत्र पनि घर पनि भएको ठाउँ हो। शव भिरालो गोरेटो बाटोमा फेला परेको छ।’

प्रहरीले केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरी थप अनुसन्धान गरिरहेको छ। तर कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन।

पुन र बस्नेतमाथि ठूला फलामका रड वा लाठ्ठीले हिर्काएको प्रहरी नायब निरीक्षक मल्लले बताए।

पुनका दाइ रविन्द्र पुन मगरका अनुसार उनीहरू दुबैजना आफ्नी दिदीको घरमा अघिल्लो दिन काम गर्न गएका थिए।

भाइ दिदीको घरमा पहिरोले गोठ भत्केको भनेर बनाउन अघिल्लो दिन गएका थिए। त्यही दिन काम सकेर फर्किएका थिए,’ रविन्द्रले भने,’काम गरेर फर्किने क्रममा बीच बाटोमा कतिबेला त्यो घटना भयो। प्रहरीले अनुसन्धान गर्दैछ। बिहान शव भेटिएको हो।’

उनीहरूमाथि कुनै समूहले हो की व्यक्तिले आक्रमण गरेको भन्ने पनि खुलेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चट्याङले लागेर ३ जनाको मृत्यु, ४ जना घाइते : बुधवारवाट झन ठूलो जोखिम भन्दै विभागले दियो यस्तो चेतावनी

पर्सामा मंगलबार बिहान चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) ओमप्रकाश खनालले दिएको जानकरीअनुसार चट्याङले लागेर जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो।

यस्तै देवरवानीमा चट्याङले लागेर ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चट्याङ लागेर जिराभवानीमा पनि तीन जना सामान्य घाइते भएको डीएसपी खनालले जानकरी दिए।

अर्को समाचार, बुधबारदेखि निकै ठूलो वर्षा हुने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो।

जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

‘उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनबारे निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार मौसमसम्बन्धी जानकारी नियमित रूपमा लिइरहन पनि विभागले आम नागरिकलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button