
आजदेखि अन्तर्राष्ट्रिय उडान हुने तालिका सार्वजनिक, कहाँ कहिले हुँदै छ उडान ? (हेर्नुस सूचना सहित)
काठमाडौं । सरकारले आज (बुधबार)देखि अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक ह्वाई उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको तालिका अनुसार भोलिदेखि नै अन्तर्राष्ट्रिय र १७ असारबाट आन्तरिक कूल उडानको ५० प्रतिशत ह्वाई उडान गर्न लागेको छ ।

आन्तरिक उडानतर्फ भनेको तोकिएको उडान संख्याबमोजिम १ जुलाई अर्थातः १७ असारबाट नियमित उडान हुने मन्त्रालयले जनाएको छ । एक हप्ताको अवधिभित्र टिकेटिङ, उपत्यका बाहिर रहेका वायुसेवा कम्पनीका कर्मचारीलाई उपत्यका फर्कने समय व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय ह्वाई उडानतर्फ भने आज २४ तारिखदेखि नै उडान भर्ने तालिका मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचना अनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।
कहाँबाट कहिले हुन्छ उडान
मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार भोलि बिहीबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ ।
२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्डियाको जहाज दिल्लीबाट काठमाण्डौ आउनेछ ।
२६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाण्डौ आउनेछ । टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाण्डौ आउने र एयर अरेबियाको जहाज आबुधाबीबाट काठमाण्डौ आउने गरी उडान तालिका तय भएको छ ।
२७ जुनमा नेपाल एयरलाइन्सले दोहा, हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछन् । कतार एयरवेज दोहाबाट काठमाण्डौ आउने छ भने जजिरा एयरवेज कुवेतबाट काठमाण्डौ आउने उडान तालिका छ ।
२८ जुनमा कतार एयरवेजले दोहाबाट उडान गर्नेछ भने नेपाल एयरलाइन्स यूएईको दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममाका लागि उडान भर्ने तालिका तय भएको छ ।
२९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने र टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने तालिका छ । फ्लाई दुबई दुबईबाट र ओमानबाट सलाम एयरको जहाज काठमाण्डौ आउने छन् ।
३० जुनमा कतार एयरवेजले दोहा, जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरी तालिका तय भएको छ भने नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम उडान भर्ने तालिका पर्यटन मन्त्रालयले सार्वजनिक गरेको छ ।
गएको वैशाख २३ गते मध्ये रातिदेखि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जेठ १८ गतेदेखि कतार, चीन र टर्कीबाट सातामा एक उडान हुने गरी अन्तर्राष्ट्रिय उडान खुलाइएको थियो ।
आज तीनवटा प्रदेशमा मेघगर्जन र च ट्ट याङसहित भारी वर्षाको सम्भावना, मौसम विभागले गर्यो आगामी २४ घण्टे चे’ता वनी
आज पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र च ट्या ङ सहित भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाका अनुसार राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र च ट्ट याङसहित भारी वर्षाको सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चे ता वनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जो खिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।



