
अ ण्ड कोष केमिकलले टाँसेर खसीकै मासु हो भन्दै बाख्राको मासु बेच्नेपछी …..
रौतहटमा खसीको अ ण्ड कोष टाँसेर बाख्राको मासुलाई खसीको भन्दै बेच्ने दुई जना पक्राउ परेका छन् । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेच्दै गरेका २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन ।

उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अ ण्ड को ष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए ।
उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।
नारायणी नदि किनारमा पुगेर यस्तो उद्घोष गरे प्रचण्डले
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।
माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई मंगलवार सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।
पौडेलको ९० वर्षको उमेरमा यही असार २ गते निधन भएको थियो । सो अवसरमा चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन्।
दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २६ को सिसई क्षेत्रको अनुगमन गरेका हुन्। उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए।
अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनीकरण गर्न आफूले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए।
मंगलबार नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसँग छलफल समेत गर्ने भएका छन् ।
बाढीले भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को दोभान चोक, वडा नम्बर १६ को झनझने र वडा नम्बर २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए। एक सय बिगाहा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो।



