उपत्यकामा यस्ता व्यवसाय चलाउन दिने तयारी

काठमाडौँ उपत्यकामा उच्च दरमा फैलिएको सङ्क्रमण बिस्तारै न्यून हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जना मात्र सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुर मा ४४ र ललितपुरमा ९२ जना गरी कुल ३३७ जनामा कोरोना सङ्क्रमण भएको हो ।

अघिल्लो दिन उपत्यकामा ५०८ जनामा सङ्क्रमण भएको थियो । निषेधाज्ञापछि पनि उच्च हुँदै गएको उपत्यकाको सङ्क्रमण केही दिनयता भने निरन्तर ओरालो लागिरहेको छ ।

देशभर दैनिक नौ हजारभन्दा माथि सङ्क्रमण हुँदा उपत्यकामा पनि तीन हजारभन्दा माथि पुग्ने गरेको थियो । उपत्यकासँगै देशभर पनि सङ्क्रमण दर न्यून हुँदै गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

त्यस्तै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।

यसै गरि अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसै गरि निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिए ।

सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन् । भोलि बस्ने वैठकले यस विषयमा निर्णय गर्ने समेत प्रजिअ निरौलाले बताए ।

स्मार्ट लकडाउन भन्ने कुरा मिडियाबाट थाहा पाएको भन्दै उहाँले यो बारेमा आफूलाई जानकारी नभएको समेत उनले बताए । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणकाे क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । गोरखापत्र दैनिकमा यो खबर छ ।

अब दुई प्रकारको लाइसेन्स हुने

यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

उनले भने, “पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’’ त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए ।

ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई ‘क्यूआर’ (क्विक रेसपोन्स) कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण गरिने उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button