कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने बाध्यता

विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न सकिन्छ।

अरू सकिन्न। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा)भाइरस फेला परेको थियो।

त्यस्तै दोस्रो पटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो। इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो। स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि गरेको थियो।

अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो। अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा. झाले जानकारी दिइन्। अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ।

तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ। हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन्।

तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिइन्।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

बाढीपहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढी र पहिरोका कारण मानवीय तथा भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि रु १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको बैठकले सो रकम एभिन्युज टेलिभिजनमार्फत प्रदान गर्ने निर्णय गरेको परिषद्का सदस्यसचिव नरेन्द्रराज प्रसाईंले आज एक विज्ञप्ति जारी गरी बताउनुभएको छ ।

परिषद्ले एभिन्युज टेलिभिजनमार्फत नै गत वर्ष पनि कोरोना सङ्क्रमण पीडितका लागि सातै प्रदेशमा खाद्यान्न, स्वास्थ्य सामग्री र मास्क गरेर रु ३१ लाख ३० हजार प्रदान गरेको थियो ।

यो पनि , बाढी तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग
अखिल नेपाल किसान महासङ्घले बाढी, तथा पहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । कृषियोग्य जमीन एकाएक बगर र खण्डहरमा परिणत भएकामा महासङ्घले चिन्ता प्रकट गरेको छ ।

महासङ्घले भारी वर्षातका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, प्यूठान, पाल्पा, स्याङ्जा, अर्घाखाँची, लमजुङ, कास्की, जुम्ला, जाजरकोट र डोटीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा बाढीपहिरामा परी ज्यान गुमाउनेका परिवारमा समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरिएको छ । महासङ्घले बेपत्ता भएकाको खोजी कार्यमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै घाइतेको उपचारमा कुनै कमी नराख्न आग्रह गरेको छ ।

विज्ञप्तिमा कोरोना महामारीको समय भएकाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै सबै पक्ष सहयोगमा जुट्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button