काठमाडौं बासीहरुको लागि आयो खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्।

काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ।

महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड १९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने बताएका हुन्।

शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइने उल्लेख छ।

सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ,’ नीतिमा भनिएको छ ।

यस्तै महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको छ ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने, करदाताहरू तथा सार्वजनिक नीजि साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट/सहुलियत दिइने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।

कोभिड-१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।

गोठालो जाँदा तीन दिन बेपत्ता भएका ७ जना यस्तो अवस्थामा फेला परे

भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता सात जना भेटिएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीले उनीहरुलाई भेटाएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए । मङ्गलबारदेखि हराइरहेका कुशे गाउँपालिका—८ औलरिजाका दिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, मीम खड्का, धनसरा खड्का र वडा नं ९ का कृष्ण रोकाय आज बिहान मात्र भटिएको प्रनाउ थापाले बताए ।

खाना नखाएका र चिसोका कारण कमजोर अवस्थामा भेटिएका उनीहरुलाई प्राथमिक उपचार गरी अहिले खाना खुवाउने काम भएको उहाँले बताउनुभयो । बुधबार बिहान घटनाबारे जानकारी आएपछि प्रहरी र स्थानीयलाई घटना स्थलतर्फ पठाएको थियो।

प्रहरी र स्थानीयवासी भैँसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए। घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयको भनाइ छ। बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ।

उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरी सहितको बहुकाले माथि जान सकेका थिएनन्। घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ। यस्तै सदरमुकामदेखि बा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button