अझै किन हटेन निषेधाज्ञा ? मुलुकभर कहाँ कहाँ छ निषेधाज्ञा

काठमाडौं । महामारी नियन्त्रण गर्न लागू गरेको निषेधाज्ञा लगभग मुलुकभर कायम छ । काठमाडौमा केही खुकुलो गरी निषेधाज्ञा जारी राखिएको छ । अहिले पनि ७५ जिल्लामा निषेधाज्ञा जारी छ । 

वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी आएसँगै ७५ जिल्लासम्म जारी भएको छ । जसमध्ये ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

अहिले ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जनाएको छ । बिहीबार गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, पर्वत, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप र नुवाकोटमा पूर्ण (जिल्ला भर) निषेधाज्ञा जारी छ ।

त्यस्तै धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरनसी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, भोजपुर, मुस्ताङ, रुकुम पूर्व र तेह्रथुममा पूर्ण निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी मुस्ताङ र ताप्लेजुङमा आंशिक निषेधाज्ञा जारी रहेको छ । मुस्ताङ जिल्लाको थासाङ, घरझोङ र बारागुङ मुक्तिक्षेत्रमा मात्रै निषेधाज्ञा जारी भएको छ ।

यहाँ वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुने छ । त्यस्तै ताप्लेजुङ जिल्लाको ताप्लेजुङ फङलिङ नागरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने र फत्ङलुङ गाउँपालिका–३ को लिङखिम बारी, फरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथिभरा याङबरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खाृलाको चार किल्लासम्म निषेधाज्ञा जारी रहेको छ ।

यहाँ वैशाख २० देखि लागू गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुने छ ।

त्यस्तै ७७ जिल्लामध्ये खोडाङ र मनाङमा भने निषेधाज्ञा लगाइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले खोटाङ दोस्रो लहरमा निषेधाज्ञा जारी नगरिएको जानकारी दिए ।

मन्त्री बनेपछि पहिलो पटक जिल्लामा पुगे मन्त्री अगरिया, गरियो भब्य स्वागत

मन्त्री भएपछि पहिलो पटक जिल्ला पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ ।

उनी मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका हुन् । स्वास्थ्य सामग्री लिएर पुगेका उनलाई स्थानियले भव्य स्वागत गरेका छन् ।अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा नेता, कार्यकर्ता र जनताले भव्य स्वागत गरेका हुन् ।

जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय उनले मन्त्री भए लगत्तै गरेका छन् । उनको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी छन् । आज मन्त्री आउँदा उनीहरु स्वागतमा आएका हुन् ।

मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु उपलब्ध गराउँदै छन् । भोलि विहीवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।

ओली र नेपाल नजिकिँदै, देउवा सशंकित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ ।

पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् ।

स्थायी कमिटी हँुदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् ।

साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाबसमेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए ।

त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने ।

वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिलसमेत गरेकाले तीनवटै समूह सहमतिनजिक पुगेका छन्,’ ती नेताले भने ।

महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

देउवा संशकित

एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् । एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् ।

नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ ।

एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन ।

देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहले हस्ताक्षर गरेका थिए । गत शनिबार देउवा, नेपालसहित पाँच जना पूर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button