बालिकालाई अश्लिल तस्विर पठाएको आरोपमा पक्राउ

नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लिल तस्वीर पठाउने र तस्वीर भिडिओ बिगारेर हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।

प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर १७ डल्लु बस्ने वर्ष २६ का सानु पोडे र बाग्लुङ नगरपालिका वडा नम्बर ८ सिगानाका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो।

पोडेले पीडितको मेसेन्जरमा पटक-पटक अश्लिल भिडिओ पठाउने गरेका थिए। साथै, उनले पीडित बालिकाको अनुहार अपरिचित महिलाको नग्न शरीरसँग जोडेर हैरानी दिएका थिए।

त्यसरी हैरानी दिएको भन्ने ब्युरोमा उजुरी परेपछि प्रहरीले पोडेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेको एसएसपी अर्यालले बताए।

त्यसैगरी, रामेन्द्र खड्काले फेसबुक, टिकटक, युट्युबलगायतमा व्यक्तिहरूको तस्वीर तथा भिडिओको दुरूपयोग गरेका थिए।

सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, घृणा वा द्वेष फैलाउने, चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशन प्रसारण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङको सहयोगमा उनलाई पक्राउ गरेको हो।

प्रहरीले जिल्ला अदालतबाट सात/सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो।

ब्यूरोले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि, ६८ वर्षका वृद्धको भ्याक्सिनले लियो ज्यान

 परिक्षणका क्रममा रहेको भ्याक्सिनको विश्वसनियतामा प्रश्न उठिरहेको बेला भ्याक्सिनकै कारण मृत्यु भएको पुष्टि भएको छ । भारतमा को रोना भ्याक्सिन लगाएका ब्यक्तिको मृत्यु भएको पहिलो घटना पुष्टि भएको हो । भ्याक्सिनका कारण ६४ वर्षका एक वृद्धको मृत्यु भएको पुष्टि गरिएको हो ।

यो कुरा भारतको केन्द्र सरकारको तर्फबाट गठित प्यानलको रिपोर्टमा सार्वजनिक भए पछि भ्याक्सिनकै कारण मृत्यु पुष्टि भएको हो । इन्डिया टुडेले आफू्सँग यसबारे रिपोर्ट सुरक्षित भएको दावी सहित सामाचार सार्वजनिक गरेको छ ।

एईएफआईका लागि केन्द्र सरकारले एउटा कमिटी गठन गरेको छ । यो कमिटीले भ्याक्सिन लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु भ्याक्सिनकै कारण भएको पुष्टि गरेको हो ।

‘मृत्युको कारणबारे अनुसन्धान गर्दा भ्याक्सिनका कारण भएको यो पहिलो मृत्यु भएको हामीले थाहा पाएका छौं । ती व्यक्तिको भ्याक्सिन लगाएपछि एनाफिलेक्सीस भएको थियो जसका कारण उनको मृत्यु नै भयो,’ एईएफआईका अध्यक्ष डा। एनके अरोराको भनाई राख्दै इन्डिया टुडेले लेखेको छ ।

त्यसलाई चिकित्सकीय भाषामा एनाफिलेक्सीस भनिएको छ यो एक प्रकारको एलर्जिक रियाक्सन हो । ती वृद्धको सन् २०२१ मा मार्च ८ मा भ्याक्सिनको पहिलो डोज दिइएको थियो र केही दिनपछि नै उनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button