
लगातारको वर्षाले कुन कुन नदिमा बढ्यो बहाव ? कहाँ छ खतरा, महाशाखाले जारी गर्यो यस्तो चेतावनी
लगातार दुई दिन देखि भइरहेको वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेका कारण डुवान र वाढी र खतरा बढेकोे छ ।

नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ । सो क्षेत्रका बासीन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अघिल्लो वर्षहरुमा भन्दा यो वर्ष अत्याधिक वर्षा हुने भएकाले सतर्क अपनाउन र जोखिम न्युनिकरणका लागि तयारी गर्न समेत सावधान गराएको छ ।
दुई दिनको वर्षाले कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ ।
पर्सि बिहीवारसम्म यी नदीहरुका तटीय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ ।
आज पनि देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश९२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
यी प्रदेशमा पर्ने नदीमा बाढी पहिरो आउनसक्ने हुँदा सतर्कता अपनाउन विभागको अनुरोध छ ।
काठमाडौमै यस्तो काम गर्ने नक्कली डिएसपी पक्राउ, बढुवाको फोटो र कागजात देख्दा प्रहरी नै चकित !
काठमाडौंबाट नक्कली डिएसपी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले सोमबार नक्कली डिएसपी पक्राउ गरेको हो ।
तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्खुस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगानालाई पक्राउ गरिएको हो। उनले आफूलाई डाक्टर एसके ढुंगाना भनेर पनि चिनाउने गरेका छन्।
उनले आफू मेडिकल डाइरेक्टर डा। एसके ढुंगाना हुँ भन्दै मेडिकल फर्म चलाएको पाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।
‘उसले आफ्नो फेसबुकमा पनि डिएसपीको लुगा लगाएको फोटो राखेको रहेछ,’ प्रहरी स्रोतले भन्यो, ‘फेरि आफैँले आफ्नो बढुवा भएको भनेर फोटो पनि राखेको पायौं।’
प्रहरीले उनको साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको छ।
‘उसले आफू डाक्टर पनि हो भनेको छ। तर डाक्टर वा डिएसपी बनेर कतिपयलाई ठगी समेत गरेको हुनसक्ने देखियो,’ ,’त्यसबारेमा थप अनुसन्धान गर्दैछौं।’ अपराध महाशाखा स्रोतले भन्यो ।
उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ।



