नारायण वाग्ले, खगेन्द्र संग्रौलासहित २० जना नागरिक अगुवा वालुवाटारबाट पक्राउ

वालुवाटारमा प्रदर्शनमा उत्रिएका वृहत नागरिक समाजका अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो।

नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला आफूसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिक अगुवा नारायण वाग्लेले जानकारी दिए।

यसैबीच कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको बताए।

‘निषेधाज्ञाबीच उहाँहरू प्रदर्शनमा उत्रिनुभयो, त्यसैले हामीले नियन्त्रणमा लिएर कमलपोखरीमा राखेका छौं’, भुसालले भने।

यमनबाट प्रधानमन्त्रीलाई डाक्टर केसीको चेतावनी- सत्याग्रह सामना गर्न तयार रहनुहोला

चिकित्सा शिक्षा अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीले बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन्।

उनले यमनबाट विज्ञप्ति जारी गरी बिएन्डसीले सम्बन्धन पाएको खण्डमा नेपाल फर्किनेवित्तिकै सत्याग्रह सुरू गर्ने चेतावनी दिएका हुन्। उनले सत्याग्रह सामना गर्न तयार रहन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्।

‘यदि चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकबाट बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन प्रदान गर्न गैरन्यायिक संशोधन गरिएमा उक्त कदम तथा यहाँले गर्नुभएका अन्य भ्रष्ट तथा अनैतिक कार्यहरूको विरूद्धमा अर्को चरणको सत्याग्रहको सुरुवात म नेपाल फर्कनेवित्तिक्कै थाल्ने चेतावनी दिन चाहन्छु।

त्यसको लागि तयार रहनुहोला,’ केसीले ध्यानाकर्षण पत्र पठाउँदै भनेका छन्।

चिकित्सा शिक्षा आयोगले पूर्ण बैठक बोलाउने तयारी गरिरहेको छ। उक्त बैठकमा बिएन्डसीको सम्बन्धन सम्बन्धी निर्णय हुने दाबी गरिएको छ।

छ वर्षदेखि चलिरहेको गृहयुद्धले लाखौं नागरिकहरूको ज्यान लिइसक्यो, लाखौं घाइते भए, अनि लाखौं नागरिक विस्थापित भई अन्तर्राष्ट्रिय दातृ निकायहरूको सहयोगको भरमा बाँचिरहेका छन्।

भोकमरी, कुपोषण तथा रोगले देश ग्रसित छ तर खासै अराजकता देखिँदैन,’ उनले भनेका छन्, ‘तर नेपालमा त्यस्तो दयनीय अवस्था नभए पनि चरम अराजकता छ। यो सब यहाँको अहंकार तथा पद लोलुपताको फल हो जुन यो एकदम निन्दनीय छ।’

केसीले प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यहरूमा सुधार ल्याई आम नेपालीहरुको हितमा काम गर्न र चिकित्सा शिक्षा ऐनको मर्मलाई अनुशरण गरी छिटो भन्दा छिटो त्यसको सफल कार्यन्वयनमा लाग्न सुझाव दिएका छन्।

‘यहाँलाई स्मरण नै छ कि नेपाली नागरिकहरूको निरन्तरको प्रयासको फलस्वरूप चिकित्सा शिक्षा सुधारको ऐन निर्माण भई चिकित्सा शिक्षा आयोग गठन भएको छ, जसले गर्दा सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा प्रत्येकले नेपाली नागरिकले समान पहुँच प्राप्त गर्न सफल हुनेछन्,’ केसीले भनेका छन्, ‘तर बिडम्बना यो छ कि सोही आयोगको अध्यक्षको हैसियतले यहाँले त्यसको मर्मको सम्मान गर्नुको सट्टा स्वास्थ्य माफियाहरूको हितको लागि त्यसलाई तोड्ने काम गर्दै हुनुहुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button