सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए।

बेहोस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले ढकाललाई मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बेहोस अवस्थामा फेला पारिएको हो।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए।’

उनका अनुसार बेहोस अवस्थामा भेटिएका बेला चालकलाई श्वास फेर्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। कोरोना भाइरस संक्रमणको आशंकामा मृतकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो। सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

बारम्बार सम्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन । पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’

चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।

मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बे’होस अवस्थामा देखेर प्रहरीलाई खवर गरेका हुन् ।

चालक ढकालको मत्युको कारण खुलेको छैन । मृतकको श वको पो स्टमा र्टम तथा अनुसन्धानपछि घटनाको विस्तृत र यकिन विवरण प्राप्त हुने जानकारी डीएसपी राईले दिए ।

अस्पतालले भने सबै सिसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आपूर्ति रोकिएर श्वा स फे र्न न सक्दा चालकको मृत्यु भएको हुनसक्ने जनाएको छ । मृत्युको अरु नै कारण पनि हुनसक्ने अस्पतालको भनाइ छ ।

जेठ २ गते कायम रहेको स्थायी कमिटी बैठक बोलाएर समस्या समाधान गरौं : वामदेव गौतम

नेकपा एमाले पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलााई उपाध्यक्ष वामदेव गौतमले इमान्दार एकताको प्रयत्न मान्न नसकिने जनाएका छन् ।

उनले जेठ ३ गते पूर्वको अवस्थाबाट पार्टी अगाडि बढाइने ओलीको घोषणालाई सकारात्मक मान्न सकिने भएपनि पूर्व माओवादीका नेता सहितको केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने प्रस्ताव ल्याउनु अनुचित भएको बताएका छन् ।

गौतमले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीले सार्वजनिक गरेको प्रस्तावका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक समेत रहेका गौतमले पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा अभियानको कार्यसम्पादन समितिको बैठकले इमान्दार एकताको प्रयत्न मान्न नसकिने ठहर गरेको जनाएका छन् ।

गौतमले जारी गरेको विज्ञप्ती यस्तो छ ।

प्रेस विज्ञप्ति, नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री क।केपी ओलीले यही जेठ २३ गते राती जारी गर्नुभएको पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा छलफल गर्न हिजो मिति २०७८ जेठ २४ गते अपरान्ह पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका उपलब्ध कमरेडहरुका वीच विद्युतीय माध्यमबाट बैठक बस्यो ।

उपस्थित सबै कमरेडहरुले अत्यन्त गम्भीरतापूर्वक छलफलमा भाग लिनुभयो । छलफल पछि निकालिएका निश्कर्षहरु सार्वजानिक जानकारीका लागि प्रकासित गरिएको छः–

१।क।अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न। १ मा “नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।”

भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ ।

त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।

२। बुँदा नं ४ मा २६ जनाले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय उल्लेख गरिएको छ ।

यो समस्या गत पुष ५ गते अविश्वासको प्रस्ताव लैजाने प्रयत्न र त्यसलाई जवाफ दिन प्रतिनिधिसभाको विघटन पश्चात पक्ष विपक्ष बनेर गरिएका जन पदर्शनहरु, २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना, फागुन २३ गते नेकपा विभाजन र नेकपा (एमाले) को पुनस्र्थापना अनि विश्वासको मत लिन प्रधानमन्त्रीको असफलता तथा उहाँ नै ठूलो पार्टीको नेताको हैसियताले निरन्तर प्रधानमन्त्री साथै २०७८ बैसाख ६ गते संविधानको धारा ७६को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ ।

यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क। केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन् । यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ ।

यी सबैलाई पुनः एकतावद्ध भए पछिको पार्टी कमिटीको बैैठकबाट मात्र समाधान गर्न सकिनेछ । पार्टी एकता पछि दुबै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरी बारे व्यवस्थित आत्मालोचना गरे पछि वास्तविक समाधान हुने आशा गर्न सकिन्छ ।

यो समस्या समाधान पछि हामीले संसारभरीका क्रान्तिकारीहरुका निम्ति नयाँ सन्देश दिन पनि सक्नेछौं ।

३। तद्नुसार छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क।केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।

४। सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ ।

५। पार्टी एकता राष्ट्रिय अभियानको यो बैठक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई निधन भएका केन्द्रीय सदस्य क।डम्बर थापा लगायतका अन्य कमरेडहरु तथा यस अवधिमा दिवंगत हुनुभएका सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

वामदेव गौतम, उपाध्यक्ष नेकपा (एमाले)-संयोजक (पार्टी एकता राष्ट्रिय अभियान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button