
सेती नदी किनारमा भेटियो महिलाको शव
म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।

हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यो पनि : विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ ।
आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।
उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभ छन् । उतिबेला दलबहादुरले भोगेका कैयौँ अनुभव अहिले आफैँलाई नौलो लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उहाँ कहिल्यै भुल्नु हुन्न ।
पन्ध्र दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ ।
उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।
गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन तर अहिले गाउँघरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा छन्त्याल दङ्ग हुनुहुन्छ ।
छन्त्याल मात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधाहरु पुुगेपछि यहाँको बासिन्दाको खुसीको सीमा नै छैन ।
सडक बनेर गाडीमार्फत बुटबल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका वृद्धवृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।
गत फागुनमा दग्नामको अक्करे भीरलाई फोरेर दर्मिजा, चिमखोला र कुइनेमङ्गलेसम्म गाडी पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसीयाली छाएको हो ।
“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिइनँ, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ”, कुइनेमङ्गलेका अर्का वृद्ध फबहादुर छन्त्यालले मुस्कुराउँदै भन्नुभयो, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अल्ली तल जानु प¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौँ टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला हिँड्न पनि गाह्रो लाग्छ ।”
उहाँले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न एक साता लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको बताउनुभयो ।
“कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बेनी पुग्दा दुई दिन, फर्किँदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो”, छन्त्यालले भन्नुभयो, “अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?”
उहाँले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताउनुभयो ।
“पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, छन्त्यालले भन्नुभयो “अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”
छन्त्यालले आफूले गाईभैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको बिँडो नथाम्ने चिन्ता व्यक्त गर्नभयो ।
“मैले जन्मेको पाँच÷छ वर्षदेखिनै गाईभैँसीको गोठालो गर्न थालेको हूँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिने बित्तिकै पढ्न जान्छन्”, उहाँले भन्नुभयो, “यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछिपछि त यो गाईभैँसी भन्ने पनि पाइँदैन कि क्या हो ।”
गलेश्वरदेखि कुइनेमङ्गलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन् ।
अक्करे पहाड अजिङ्गर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, सङ्घ र जलविद्युत् निर्माण गर्ने कम्पनीहरुसँगको साझेदारीमा सडकको ट्र्याक खुलेको हो ।
विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताउनुभयो । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसङ्ख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् ।
खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । उहाँले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नसमेत सडकले सघाउने बताउनुभयो ।
आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म यस सडकखण्डमा रु १८ करोडभन्दा बढी बजेट खर्च भएको रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
महामारीपछि अचानक बालबालिकामा आयो यस्तो परिबर्तन, चिन्तामा अभिभावक
निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा घण्टौँसम्म मोबाइल गेममा झुण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।
अध्ययन गर्न काठमाडौँ जानुभएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आउनुभएको छ ।
पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् ।
सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको पर्वाह नगरी इन्टरनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो ।
“पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चिन्ता लाग्ने गरेको छ”, ती किशोरका बुबाले भन्नुभयो ।
नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणबाट बच्न सङ्घर्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषेधाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला कि भन्ने डरले सताएको छ ।
हप्काउँदा वा कुटपिट गर्दा केही बालबालिकाले आफ्नो ज्यान जोखिममा पारेको सुन्नुभएका हरिराम छोरीलाई हप्काउन वा तर्साउन आफैँ डराउने गरेको बताउनुहुन्छ ।
“घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चिन्ता थपिएको छ”, हरिराम भन्नुहुन्छ, “कहिलेकाहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइदिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने, झगडा गर्ने गरेको तथा बेलाबेलामा आफैँले भनेका कुराहरू पनि बिर्सिने गरेकाले इन्टरनेट गेमका कारण स्मरणशक्ति कमजोर भयो कि भन्ने हामीलाई लागेको छ, निषेधाज्ञा खुल्ने बित्तिकै नेपालगञ्ज उपचारका लागि लैजाने विचार गरेका छौँ ।”
दशदेखि १५ वर्षसम्मका बालबालिकाहरू घण्टौँसम्म इन्टरनेटमा बिताइरहँदा उनीहरूमा मानसिक समस्या देखिने तथा आफूले खेलिरहेको खेलबाहेक अन्य कुनै कुराको ध्यान नहुने यहाँसम्म कि समयमा खाना समेत नखाने, अभिभावकले खाना खान बोलाउँदासमेत झर्किने, अभिभावकसँग झगडा गर्ने स्वभाव बढ्दै जाने मनोपरामर्शदाता सीता भण्डारीको भनाइ छ ।
अझ अहिले जारी निषेधाज्ञाको समयमा बालबालिकाहरु कोठाभित्र आनन्दले बसिरहेका छन् भनेर ढुक्कसँग बस्न नहुने उहाँको भनाइ छ ।
बालबालिकामा इन्टरनेट गेमको बढ्दो लत नियन्त्रण गर्न अभिभावक नै सचेत रहनुपर्ने मनोपरामर्शदाता भण्डारी बताउनुहुन्छ । परिवारमा अभिभावक र बालबालिकासँगै बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू बनाउन सिकाएर बढी समय व्यस्त बनाउन अभिभावकहरू सक्रिय हुँदा पनि बालबालिकामा बढ्दो इन्टरनेट गेमको लत घट्न सक्ने विश्वास भण्डारीको छ ।
अभिभावकले समयमै बालबालिकाको यो लतलाई नियन्त्रण गर्न प्रयास नगर्ने हो भने पछि गएर ठूलो समस्या हुने भन्दै अभिभावकले बढीभन्दा बढी समय आफ्ना बच्चाहरूसँग बिताउनुपर्ने मनोपरामर्शदाता भण्डारीको सुझाव छ ।



