
एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचित
बुद्धि सुवेदी गैर आवासीय नेपाली संघ (एनआरएनएए)अमेरिकाको अध्यक्षमा निर्वाचित भएका छन्। सुवेदीले ५६१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५ हजार २ सय मत प्राप्त गरेका थिए।

अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरे भने तिलक केसीले ५ सय ६७ मत पाएका छन्।

सन् २०२१-२३ कार्यकालका शनिबार र आइतबार दुई दिन मतदान भएको थियो। मतदानमा १५ हजार ७ सय ६८ सदस्यले भोट हालेका थिए।
यस्तै वरिष्ठ उपाध्यक्षमा ६ हजार ८ सय ५० मत ल्याई कृष्णजीवी पन्त विजयी भए। उनका निकटम प्रतिद्धन्द्धीमा बीआर लामाले ५ हजार १ सय ९० मत ल्याए।
यस्तै महासचिवमा अन्जनकुमार चौलागाई ६ हजार ३ सय १२ मत प्राप्त गरेर विजयी भए। उनका प्रतिस्पर्धी विनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे।
एनआरएनए अमेरिकामा २० हजार १ सय ३८ मतदाता छन्। चुनावमा ७८ प्रतिशत अर्थात १५ हजार ७ सय ६८ भोट खसेको निर्वाचन कमिटीले जनाएको छ । चुनावमा चार सय भन्दा बढी उम्मेदवार थिए।
जावलाखेल भलिबल टिमका म्यानेजर लागुऔषधसहित पक्राउ
ललितपुर प्रहरीले लागुऔषधसहित जावलाखेल भलिबल टिमका म्यानेजरलाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार राति ललितपुर महानगरपालिकास्थित कुमारीपाटीबाट अनुप श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीबाट ५० ग्राम आइस भन्ने लागुऔषध बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।
उनका अनुसार अनुपले आफूलाई जावलाखेल भलिबल टिमका म्यानेजर भनेर चिनाएका छन्।
साथै, उनले निषेधाज्ञाको समयमा महानगरपालिकासँगको समन्वयमा समाजसेवाको काम गरिरहेको समेत बताएका छन्। प्रहरीले उनीसँगै थप दुई जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अम्रिता खड्का र परदु गुरुङ छन्।
उनीहरूमाथि पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिँदैछ।



