उपत्यकाको यी ठाउँमा निःशुल्क खाद्यान्न बाँड्दै, भोकै भए खबर गर्न आग्रह

कोभिड–१९ को दोस्रो लहरको महामारी देशव्यापीरूपमा फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा समस्या परेका व्यक्ति तथा परिवारलाई निःशुल्क खाद्यान्न वितरण सञ्चालन गरिएको छ । नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् ।

निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षाघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा जीवन बिताइरहेका असहाय, अशक्त महिला, दुवै मिर्गौला फेल भएका, गरिब, टुहुरा बालबालिका गरी उपत्यकाका तीन जिल्लाका ६३ परिवारलाई खाद्यान्न वितरण गरिसकेको नमस्ते ख्वप टिभीका निर्देशक तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गर्नुभयो ।

निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका बारेमा जानकारी आएअनुसार जिल्लाका मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण, भक्तपुर नगरपालिका तथा काठमाडौँको कागेशवरी मनोहरा, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको नमस्ते ख्वप टिभीका कार्यक्रम निर्देशक एवं नृत्य निर्देशक रञ्जना सितिखुले जानकारी दिनुभयो ।

‘सक्नेले नसक्नेलाई सहयोग गरौँ’ भन्ने नाराका साथ अभियान शुरु भएसँगै स्वतःस्फूर्त रूपमा विभिन्न व्यक्तिले गरेको नगद तथा जिन्सी सहयोग सङ्कलन गर्दै समस्यामा परेकालाई वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

त्यस्तै जरो किलो महाअभियानले काठमाडौँका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । अभियानकर्ता अभिषेक जोशी, अम्मर परियार, यमनाथ उपाध्याय र संजिता श्रेष्ठको टोलीले गत वैशाख २५ गतेदेखि राहत वितरण सञ्चालन गरेको अभियानका बलराम प्रजापतिले जानकारी दिनुभयो । निषेधाज्ञाका कारण समस्यामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने ३०० परिवारलाई खाद्यान्न सहयोग गरिसकेको उहाँले बताउनुभयो ।

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सा’मूहिक चि’हान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ ।

सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो ।’स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् ।

१९ र २०औं शताब्दीमा आदीवासी युवाहरूलाई शिक्षित बनाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो । त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे ।

क्याम्लुप्स इन्डियन आवासीय विद्यालय सन् १८९० मा रोमन क्याथोलिक प्रशासनअन्तर्गत खोलिएको थियो । ५० को दशकमा यसको विद्यार्थी सङ्ख्या पाँच सयसम्म पुगेको थियो । सन् १९६९ मा केन्द्रीय सरकारले यसको सञ्चालनको जिम्मेवारी सम्हालेको थियो । नेपाल समाचारपत्रमा यो खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button