सरकारले कर बढाएपछि नेपालका पसलमा पाइने म’दिरा संसारकै महँगो, अब कुन को रेट कति हुन्छ (सुची सहित)

काठमाडौं। सरकारले वियर, ह्विस्की, वाइन र चु’रोटमा अन्त:शुल्क ह्वातै बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यी वस्तुको अन्त:शुल्क बढाएका हुन्।

बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्‍याएको छ। बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्‍याइएको छ। १५ युपीको म’दिराको अन्त:शुल्क १५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ। २५ युपीको म’दिरा लिटरमा ९ सय ९० रुपैयाँ लिँदै आएकोमा १ हजार १ सय १८ रुपैयाँ अन्त:शुल्क पुर्‍याइएको छ।

३० युपीको म’दिरा ९२० रुपैयाँ अन्त:शुल्क लिइएकोमा १ हजार १ सय ५ रुपैयाँ पुर्‍याइएको छ। अन्य म’दिरामा १ हजार ३ सय २५ रुपैयाँ लिटर अन्त:शुल्क १ हजार ५ सय ९२ रुपैयाँ पुर्‍याइएको छ। अब वियर बोतलको ५० रुपैयाँ बढ्नेछ।

वल्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सनको मूल्य लिटरमा ४ सय रुपैयाँ बढ्नेछ। रुस्लान भोड्का र ८८४८ लिटरमा ३ सय रुपैयाँ बढ्ने अनुमान गरिएको छ।

म’दिरा उद्यमी रवि केसीले सरकारले करको दर बढाएर नेपालको म’दिरा संसारकै महँगो बनाएको बताए। ‘हामीले बजेट आउनु अघि प्रिजेन्टेसन गरेर म’दिरा उद्योगको अवस्था र राजस्व बढ्ने आधारहरु प्रस्तुत गरेका थियौं।

तर सरकारले बजेटमार्फत अत्याधिक मूल्य बढाएर स्वदेशी मदिरा धरासायी बनाउन खोज्यो,’ उनले बिजमाण्डूसँग भने, ‘अब भारतीय म’दिरा अवैध रुपमा आएर बिक्री हुनेछ। नेपाली म’दिरा उद्योग समाप्त हुनेछ।’

उनका अनुसार भारतमा एक हजार रुपैयाँमा पाइने म’दिरा नेपालमा दुई हजार भन्दा महँगो हुनेछ।

‘उदाहरणकै लागि भारतमा ६ सय भारतीय रुपैयाँमा पाइने सिग्नेचर अब नेपालमा २१ सय रुपैयाँ पर्नेछ,’ उनले भने, ‘यो भनेको सिधा सरकारले अ’वैध व्यापारलाई प्रश्रय दिन खोजेको हो। यो निर्णयले राज्यले पनि ठूलै राजस्वमा मूल्य चुकाउनुपर्ने देखिन्छ।’

राजा महेन्द्रलाई ज्योतिषीले भने – ‘बालकको कुण्डलीमा ३ पटक राजा हुने योग छ’

सुन्दा आश्चर्य लाग्ला, नेपालका पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह जन्मे पछि उहाँका बुवा श्री ५ महेन्द्रलाई ज्योतिषीले बालकको कुण्डलीमा ३ पटक राजा हुने योग रहेको बताएका रहेछन्।

राजा महेन्द्रलाई त्यो विश्वास लागेन छ। साधारणतय राजाको जेष्ठ सुपुत्र नै युवराज हुने र पछि राजा हुने चलनका बीच माइलो सन्तानका रुपमा जन्मिएका ज्ञानेन्द्र कसरी राजा होलान् भन्ने कुरामा विश्वास नलाग्नु स्वाभाविक नै छ।

तर विधिको विधान कसले पो टार्न सक्छ र? २००७ सालमा तत्कालिन महाराजधीराज श्री ५ त्रिभुवन सपरिवार भारत निर्वासनमा गएपछि मामा घरमा छुटेका नाती ज्ञानेन्द्र पहिलो पटक राजा भए।

राणाहरुले ‘माइला सरकार’ लाई राजाको गद्दीआरोहण गराए। यो कुरा फेरी सम्झाइदिएका छन् गोरखापत्रका पूर्व प्रधानसम्पादक युवराज गौतमले। ‘निर्मल निवासलाई निम्तो,’ भन्ने आलेखमा गौतमले यस बारे चर्चा गरेका छन्।

गौतम लेख्छन्, ‘२००४ असार २३ गते माहिला छोरा ज्ञानेन्द्रको जन्म भएपछि राजा महेन्द्रलाई ज्योतिषिहरूले भनेछन्– ‘कुण्डलीमा त बालक तीनपल्ट राजा हुने लेखिएको छ।’ राजा त्रिभुवन जेठा छोरा महेन्द्र र नाति वीरेन्द्रलाई लिएर सपरिवार दिल्ली गए, २००७ साल कात्तिकमा। ऊबेला भारदारी सभाले श्री ३ मोहनशमशेरलाई सल्लाह दियो– ‘गद्दी रित्तो राख्न हुँदैन।

त्रिभुवन सरकारका माहिला नाति मामाघरमा छन्। उनलाई ल्याएर राजगद्दीमा राख्नुपर्छ।’ प्रधानमन्त्री मोहनशमशेरले राजाको नाति ज्ञानेन्द्र र आफ्नो नाति पशुपतिशमशेरलाई डो¥याउँदै वसन्तपुर दरवारमा लगे। त्यहाँ ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज घोषणा गर्दै उनका नाममा टक र ढक चलाइयो।

विदेशीका ढोका ढक्ढक् गर्नेहरूलाई यस्तो इतिहास चलचित्रको कथा लाग्न सक्छ।’

त्यस्तै २०५८को दरबार हत्याकाण्डमा श्री ५ विरेन्द्रको परिवार नै मारिएपछि राजपरिवारमा जीवित अधिराजकुमारका हैसियतले दोश्रो पटक ‘माइला सरकार’ राजाको रुपमा गद्दी आरोहण गर्न विवश भए।

त्यसपछि २०६३मा देशी-विदेशी तत्वको सक्रियतामा अति नै असहज स्थिति उत्पन्न भएपछि गद्दीबाट ओर्लिएका पूर्वराजा ज्ञानेन्द्र शाह फेरी राजगद्दीमा राजाको रुपमा उक्लिने स्थिति बन्दै गइरहेको छ।

गणतन्त्र घोषणापछिका वर्षहरुमा राजनीति झनै घृणित हुन पुगेको छ। जनता हैरान दिग्दार भएका छन्। १० औं वर्षसम्म संविधानको प्रतिक्षा। तर संविधान बनेपछि स्थायित्व र समृद्धि आउने कुरा गफमा मात्र सिमित भएको छ।

४० दिनमा दुई पटक संसद विघटन भएको छ। कोरोना महामारीका बीच राजनीतिक नेतृत्वको कुर्चीको नै खेलमा अल्झिएको छ।

गौतम लेख्छन्, ‘तीनपल्ट राजा हुने ज्ञानेन्द्रको राजयोग’ दुष्प्रचार, भाग्यवाद, प्रायोजित विज्ञापन वा केही व्यक्तिको स्वैरकल्पना होइन भन्ने समयले पुष्टि गरिरहेको देखिन्छ। प्रभावशाली छिमेकी राष्ट्र मात्र होइन, टाढाका पुराना साथी राष्ट्र पनि नेपालमा स्थायित्व होस् भनिरहेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button