
धनगढी बसपार्कमा कु टपि ट ग री ह त्या गर्ने ४ जना पक्राउ
धनगढीमा कु ट पि ट गरी ह त्या गर्ने ४ जना पक्राउ परेका छन्। आज बिहान १२ः३० बजेको समयमा धनगढी ४ बसपार्क प्रतिक्षालयमा एक जना पुरुष मृ त अ वस्था मा फेला परेका थिए ।

बसपार्क प्रतिक्षालयमा पुरुषको शव फेला भन्ने जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टा उ कोमा चो ट प टक ला गे को र गता म्य अ वस्थामा पुरुषको शव फेला पारेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान क्रममा सो स्थानमा रहेका सिसिटिभि फुटेजको आधारमा ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १ त्रिबेणी चोकका १८ बर्षिय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्तनगर ३ का १९ बर्षिय प्रबिण ऐर, डोटी पुर्वी चौकी गाउँपालिका ४ का २० बर्षिय अनिल कुवँर र कैलाली घोडाघोडी नगरपालिका १का १८ बर्षिय युवराज शाहीलाई पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धान गर्दै जादाँ निज अपरिचित मृतक राती सुती रहेको समयमा निजको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कु ट पि ट ग री ह त्या ग रे को हुदाँ उनीहरुलाई खोज तलास गर्दै जादाँ धनगढी उपमहानगरपालीका बसपार्क एरियाबाट पक्राउ गरेको हो ।
उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तर मृतकको अझै पहिचान भने हुन सकेको छैन । मृतक वर्ण गँहु गोरो, उचाई ५ फिट ६ ईन्च , बर्ष अन्दाजी २५-२६ को, बायाँ हातको पाखुरामा नागको ट्याटु, माथिल्लो शरिरमा टाटेपाटे कलरको भेष्ट र तल्लो शरिरमा निलो कालो कलरको जिन्स पाईन्ट लगाएको मृतकका आफन्तको पहिचान हुन नसकेको हुदाँ पहिचान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै
कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।
जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।
कार्यालयको तथ्याङ्क अनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख ३० गते ७ सय ७३ को परीक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखियो ।
अहिले यो घट्दै आएको उहाँले बताउनुभयो । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उहाँले भन्नुभयो, “अहिले सङ्क्रमित सय देखि डेढसय हाराहारी छ ।”
वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोग मार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् ।
जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार शुरुआती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ ।
नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको उहाँले बताउनुभयो । सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उहाँले जानकारी दिनुभयो ।
निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उहाँले भन्नुभयो, “सङ्क्रमित घर फर्कन थालेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।” निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उहाँले बताउनुभयो ।
जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उहाँको बुझाइ छ ।
कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उहाँले बताउनु भयो ।



