चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले गरे त्यसको खण्डन

चर्चित कमेडियन आदर्श मिश्राले अस्पतालमा बुवाको उपचार राम्रो संग नभएका कारण मृत्यु भएको भन्दै आरोप लगाएपछि चिकित्सकले त्यसको खण्डन गरेका छन् ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) र नारायणी क्षेत्रीय अस्पतालका कारण आफ्ना बुवाको निधन भएको उनको भनाई छ । आफ्नो अस्पताल माथि यस्तो आरोप लगाउँदै आदर्शले भिडियो सार्वजनिक गरेपछि नारायणी क्षेत्रीय अस्पतालका चिकित्सक फिजिसियेन तथा डाइलोसिस बिभाग प्रमुख निरज सिंहले त्यसको प्रतिक्रिया दिएका हुन् । एक भिडियो सार्वजनिक गर्दै उनले उपचारमा कुनै लापरवाही नभएको बताएका छन् ।

भिडियोमा उनले भनेका छन्, कोभिडको लागि २ वटा डाइलोसेस मेसिन छुट्याइएकोमा एउटा विग्रिएको थियो । त्यो अवस्थामा अस्पतालमा विरामीको चाप बढेपछि अब कसरी डायलोसेस गर्ने भनेर बैठक बसेर अब कसरी उपचार गर्ने भन्ने विषयमा छलफल गरिएको हो । त्यसबेलाको निर्णय अनुसार सुरुमा गम्भिर विरामीलाई सुरुमा विनोद मिश्रााको डायलासिस गरिएको चिकित्सकको भनाई छ । उनले केही समय देखि नै विनोदको डायलासिस आफ्नै अस्पतालमा भइरहेको बताएका छन् ।

अन्तिम अवस्थामा पनि आफ्नै अस्पतालमा डायलासिस भएको बताउँदै त्यसपछि के भयो ? त्यसवारे आफुले भन्न नसक्ने बताएका छन् । तर उपचारमा आफुहरुले उपचारमा कुनै कसर बाँकी नराखेको बताएका छन् । आफ्नो टिमले ४ पटक डायलासिस गरेको बताउँदै कुनै लापरवाही नभएको जानकारी दिए । अन्तिम पटक साढे ३ घण्टा डायलासिस गरिएको बताएका छन् ।

बैठकको निर्णय अनुसार विनोद मिश्राालाई साढे तीन घण्टा गरिएको र अन्य विरामीलाई दुइ घण्टा गरिएको बताएका छन् । तर दुई घण्टा डाइलासिस गरिएका ब्यक्तिको जिवन सकुशल रहेको भएपनि साढे ३ घण्टा लाइसासिस गरिएका विनोदको मृत्यु भएको घटना प्रति दुख ब्यक्त गरेका छन् । दुई घण्टा गरिएका उप्रेती नाम गरेका ब्यक्ति भएको बताएका छन् । आफ्नो अस्पतालवाट विनोद मिश्रा चितवन मेडिकल कलेज गएको आफुले थाहा पाएको बताएका छन् ।

अस्पताल आउँदा नै विनोदको अवस्था निकै गम्भिर रहेको उनको भनाई छ । नारायणी अस्पतालमा डायलासिस नगरेका कारण विरामीको मृत्यु भयो भनेर आरोप लागेको भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् । आफ्नो परिवारलाई समेत सामाजिक सञ्जाल र फोनवाट समेत चेतावनी आएको पनि उनले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button