
कसैले पनि शव उठाउन नमानेपछि गाउँपालिका अध्यक्ष आँफैले संक्रमितको शव उठाई व्यवस्थापन गरे !
कोभिडको दोश्रो लहरमा अहिले नेपाल प्रभावित रहेको छ । यससँगै मुलुककै अत्याधिक प्रभावित जिल्लाको रुपमा रुपन्देही पनि रहेको छ । संक्रमणकै कारण यहाँ दैनिक रुपमै स्थानीयहरुको ज्या’न गइरहेको छ ।

कसैले अस्पतालमा अक्सिजनको अभावमा ज्यान गु मा ई रहेका छन भने कतिपयको उपचार नै नपाई घरमै ज्यान गई रहेको छ ।

अस्पतालमा ज्यान जानेहरुको मृतकको आफन्तको समन्वयमा नेपाली सेनाले ब्यवस्थापन गरे पनि घरमै ज्यान गुमाउनेहरुको शव ब्यवस्थापन समेत हुन सकेको छैन । रुपन्देहीमा यस्तै एक घटना भएको छ ।
जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर २ कर्मडाँडाका ५१ वर्षिय चन्द्र बहादुर गुरुङ्गको कोभिडको कारण सोमबार बिहान मृत्यु भयो ।
३ भाई, १ श्रीमती र छोरा समेत कोभिड संक्रमित भएका उनको परिवारमा उनको शव उठाउन सक्ने कोही भएन । घरमा शव उठाउने कोही नहुदा टोल छिमेकले पनि यसमा चासो राखेन ।
कोभिड बिरामी गुरुङ्गको शव घरबाट निकाल्न नै स्थानीयहरु ड राए । उनको घरमा पस्ने समेत कसैले हिम्मत गर्न सकेनन् ।
‘मर्दा–पर्दा छिमेकी नै काम लाग्ने’ भन्ने उखान यहाँ लागू हुन सकेन । कोभिड संक्रमितको शव छुँदा आफूपनि संक्रमित हुने र आफ्ना बालबच्चा समेत जोखिममा पर्ने त्रा’सले गुरुङ्गका छिमेकीहरु उनको घर पनि जान सकेनन् ।
शव बारे ओमसतिया गाउँपालिकामा खबर भयो । गाउँपालिकाको स्वास्थ्य संयोजकले पनि शव ब्यवस्थापनको लागि छिमेकीको साथ मागे, तर उनलाई सहयोग गर्न कोही अगाडी आएनन् ।
शव ब्यवस्थापनका कोही अगाडि नआएपछि स्वास्थ्य संयोजक दिपक ज्ञवालीले यस बारे गाउँपालिका अध्यक्ष हिरा केवटलाई खबर गरे । बिहान साढे ७ बजे खबर पाएका गाउँपालिका अध्यक्ष केवट पनि छिमेकीहरुलाई २ घण्टासम्म शव ब्यवस्थापनमा साथ दिन अनुनय विनय गरे तै पनि कोही छिमेकी आएनन् ।
कोही अगाडि नसरेपछि केवटले गाउँपालिकाकै ट्रयाक्टरमा राखेर शव ब्यवस्थापन गर्ने प्रयास गरे । ‘पिपिई सेट ल्याएर परिवारको सहयोगमा शवलाई गाउँपालिकाकै ट्रयाक्टरमा राख्यौ।’ केवटले भने ‘ट्रयाक्टरमा शव राखिएकै कारण सो ट्रयाक्टर चलाउन पनि कोही अगाडि सरन, अन्ततः मैले नै उक्त ट्रयाक्टर हाँके र कर्मडाडामै लगेर अन्ति’म संस्का र गराए ।
” केवटले यसलाई जनयु’द्ध र राजतन्त्र बि’रु’द्धको आन्दोलन भन्दापनि यस समयमा जनप्रतिनिधि हुनुको दायित्व बढी रहेको बताए ।
जनप्रतिनिधि भएर काम गर्न भन्दा सयौं गुना सजिलो राजतन्त्रको वि रु द्ध माओवादीद्वारा संचालित जनयु द्ध थियो । उनले त्यतिबेला सानो ठूलो गरि बिभिन्न ५० भन्दा धेरै यु द्ध लडेको र यस्तो यु द्धमा एक जना साथीको बलिदानी पछि सयांै साथीहरूले आफ्नो बलिदानको लागि तयार हुने गरेको उनले स्मरण गरे ।
‘तर आज एउटा पनि सहयो द्धा यस्तो भेटिएनन् कि साथ दिउन् उल्टै जिम्मेवारी पूरा गरेर नजिक आउन खोज्दा
साथीहरू टाढा भाग्ने अवश्यकता भन्दा धेरै ड राउने गरे ।’ केवटले भने । उनले थपे ,मेरो पनि परिवार छन् । तर, जनप्रतिनिधि भएर काम गर्दा मेरा लागि सबै भन्दा पहिला देश र जनता हुन् । जनप्रतिनिधि भएकोले मैले आफ्नो कर्तब्य मात्र निर्वाह गरेको हु । ’ गाउँपालिका अध्यक्ष भएर खाएको कसमलाइ शरीरमा प्र ण रहुन्जेल आ त्मसा त् गरि निरन्तर अगाडि बढ्ने प्रण गरेको उनि सुनाउँछन् ।
यो पनि,,,,बाँकेमा थप १७ जना सङ्क्रमितको एकै रातमा मृत्यु
बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ ।
उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताउनुभयो ।
अक्सिजन प्लान्टका लागि बजेट स्वीकृत
पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि बजेट स्वीकृत भएको छ । पूर्व भूमिसुधारमन्त्री दलबहादुर रानाको पहलमा गृह जिल्ला पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्न तत्कालका निम्ति रु एक करोड ५० लाख स्वीकृत भएको हो ।
जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लामा कोरोना सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालमा प्लान्ट स्थापना गर्नका लागि बजेट माग भएअनुसार स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको सङ्घीय सांसद रानाले बताउनुभयो ।
सङ्क्रमणदर बढ्दै जाँदा बिरामीलाई अक्सिजन आवश्यकता हुने र जिल्लामा अक्सिजन प्लान्ट नहँुदा अक्सिजन आपूर्ति गर्न समस्या भएकाले जिल्ला अस्पतालमा दु्रत गतिमा काम शुरु गर्ने योजना रहेको जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मीरा मरासिनीले जानकारी दिनुभयो ।
दाङमा रेम्डेशिभिर बिक्रीमा विवाद
दाङमा केही दिनदेखि कोरोना सङ्क्रमितलाई दिइने रेम्डेशिभिर औषधि बिक्रीका विषयमा विवाद सिर्जना भएको छ । निजी क्षेत्रबाट थोक औषधि व्यवसायी सङ्घको मातहतमा रही रेम्डेशिभिर बिक्री गर्न थालिएको थियो ।
औषधि व्यवस्था विभाग नेपालगञ्जमा पुगेपछि त्यहाँबाट आएको टोलीले घोराहीस्थित कालिका मेडिकल हलमा छापा हान्यो र रेम्डेशिभिर बिक्री वितरण गरेको पाइएपछि रोकसमेत लगायो ।
निजीस्तरबाट घोराहीमा कालिका मेडिकल हलले रेम्डेशिभिर बिक्री वितरण गर्दै आएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत सङ्क्रमितका लागि’ प्रदान गर्ने भनी गरेको परिपत्रलाई आधार बनाएर औषधि व्यवस्था विभागले निजी मेडिकललाई रेम्डेशिभिर बिक्रीमा रोक लगाएको हो ।
जिल्लामा सरकारी स्तरबाट तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा निजीस्तरबाट तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलले रेम्डेशिभिर बिक्री गर्दै आएका थिए भने थोक औषधि व्यवसायी सङ्घले कालिका मेडिकलमार्फत बिक्री गर्दै आएको थियो । तर कालिका मेडिकललाई रोक लगाएपछि विवाद सिर्जना भएको हो । अहिले प्रादेशिक अस्पतालले चार हजार ९०० मा बिक्री गर्दै आएको छ जुन सरकारले तोकेको मूल्य हो ।
सरकारले चार हजार ९०० भन्दा बढी नलिन निर्देशन जारी गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने त्यही औषधिलाई चार हजार सातसय ५० मा बिक्री गर्दै आएको छ भने थोक औषधि व्यवसायी सङ्घले चार हजार ८०० मा वितरण गर्दै आएको थियो । जुन औषधिको खरीद मूल्य चार हजार ५०० पर्छ ।
उक्त औषधि काठमाडौँबाट ल्याउनुपर्ने सङ्घका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले बताउनुभयो । “हामीले काठमाडौँबाट औषधि ल्याएका छौँ, जिल्ला प्रशासन कार्यालयको अनुमतिमै औषधि ल्याएर बिक्री वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले नागरिकलाई सहज औषधि आपूर्ति हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।”
सकेसम्म कोरोना सङ्क्रमित भएकै अस्पतालबाट वितरण गर्दा सहज हुन्छ भनी सरकारले दिएको निर्देशनअनुसार नै आफूहरुले काम गरेको नेपाल फार्मेसी सङ्घ दाङका अध्यक्ष सुलभ अधिकारीले बताउनुभयो ।
यसैबीच महामारीका बेला सहज रुपमा रेम्डेशिभिर उपलब्ध गराउन निजी क्षेत्रको पनि सहयोग चाहिने भन्दै बिक्रीमा रोक लगाउने कार्यको नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले विज्ञप्तिमार्फत आपत्ति जनाउनुभएको छ ।
मङ्गलबार माओवादी केन्द्र, कांग्रेस, जनमोर्चालगायत राजनीतिक दलहरूले दाङका प्रजिअमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई ध्यानाकर्षण जनाएका छन् । सोही क्रममा प्रजिअ अधिकारीले विभागले बन्द गरेको रेम्डेशिभिर बिक्रीलाई खुल्ला गर्ने बताउनुभयो । यसमा जिल्ला प्रशासन कार्यालयले कुनै अवरोध नगर्ने उहाँको भनाइ छ ।



