सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। 

घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२  बर्षिय अविनाश राजभर रहेका छन् ।  उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ । 

बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना युवक भारततर्फ सरसामान लिन जान खोज्दा सशस्त्र प्रहरी टोलीले रोकेको थियो । 

ती युवाहरु जान नपाएपछि विवाद भएको थियो भने पछि दर्जनौं युवा आएर ड्युटीमा खटिएकाहरुमाथि आक्रमण गर्न थालेपछि  प्रहरीले फायरिङ गरेको थियो । 
सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले स्थानीय ५०–६० जना आएर ड्युटीमा खटिएका सशस्त्र प्रहरी र पोस्ट माथि ढुंगामुढा गरेकाले भिडलाई तितरबितर पार्न केही राउन्ड हवाइ फायर भएको बताए । स्थानीयसँगको झडपमा एकजना सशस्त्र प्रहरी पनि घाइते भएको बताइएको छ। 

यो पनि,,,,गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै गएका थिए ।

आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन् ।

मुख्यमन्त्री गुरुङ वैशाख २२ मा कोरोना संक्रमण पुष्टि भएपछि हाल होम आइसोलेसनमा नै छन् । मन्त्रिमण्डल विस्तार नगर्दा बजेट निर्माण लगायतका कार्यमा प्रभाव पर्ने आवाज उठेपछि मुख्यमन्त्रीले सोमबार आफ्ना विश्वासपात्र मानिएका रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग छलफल गरेका थिए । छलफलपछि तत्काल सानो आकारको मन्त्रिमण्डल बनाउने गर्ने निष्कर्षमा मुख्यमन्त्री गुरुङ पुगेका हुन् ।

उनले तत्कालका लागि भौतिक तथा विकास र अर्थमन्त्री नियुक्ति गरेर बजेट, नीति तथा कार्यक्रम ल्याउने योजनामा रहेको बुझिएको छ । यसअघि भौतिक विकास मन्त्रालय रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङले सम्हाल्दै आएका थिए ।

नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनु पर्ने संवैधानिक व्यवस्था छ । फेरि पनि बस्नेत र गुरुङलाई नै तिनै मन्त्रालयमा नियुक्ति गर्ने बुझिएको छ ।

क्याबिनेटमा मुख्यमन्त्री एक्लै हुँदा सरकारको काम कारबाहीसमेत प्रभावित भएका छन् । क्याबिनेटको बैठक समेत बस्न पाएको छैन । त्यस्तै, स्वास्थ्य मन्त्री पनि नहुँदा कोरोनाविरुद्धको काम प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button