बेड नपाएपछि तोडफोड

प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले कोरोनाको दोस्रो लहरको पर्याप्त तयारी भएको दाबी गरे पनि अस्पतालमा बिरामीलाई शय्या पाउन मुस्किल छ।

विश्वव्यापी कोरोना महामारीको विषयमा प्रदेश सरकारले हप्तैपिच्छे बैठक र छलफल गरेर यसको तयारीमा कुनै कसर बाँकी नराख्ने भने पनि प्रादेशिक कोभिड अस्पताल लथालिंग अवस्थामा छ। 

प्रदेश सरकारले संक्रमितको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने भने पनि संक्रमितको खाना, खाजा, पानीलगायतको खर्च संक्रमितले आफैं जुटाउनु परेको प्रशासन कर्मचारी लालबाबु अन्सारीले बताए।

उनले भने, ‘प्रदेश सरकारले केही दिएको छैन, हामीसँग आफैं बजेट पनि छैन, कसरी संक्रमितलाई खाना, खाजा खुवाउने ?’

प्रदेश २ सरकारले प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीलाई खाना खुवाउन नसकेपछि सहयोगी हातहरूलाई खाना, खाजाको व्यवस्थापन गर्न सार्वजनिक रूपमै आह्वान गरिएको छ।

प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवको आह्वानपछि मारवाडी युवा मञ्चले कोभिड बिरामीलाई निःशुल्क खाना खुवाउने जिम्मेवारी लिएको छ।

यसैगरी महोत्तरीको जिल्ला अस्पतालले समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखेर चिकित्सकदेखि पुरानो बाँकी बक्र्यौता तलब र क्वारेन्टाइन आइसोलेसनको प्रबन्ध गरिदिन अनुरोध गरेको छ। 

पत्रमा भनिएको छ, ‘सेकेन्डरी लेवलको कोभिड अस्पतालको लागि मन्त्रिपरिषद्बाट भएको निर्णयसमेत कार्यान्वयन भएको छैन, महामारीमा विकराल स्थिति सिर्जना भएपनि उपकरण र दक्ष जनशक्तिको अभावमा सेवा दिन असमर्थ छौं।’

कोभिड अस्पताल व्यवस्थापन गर्न आवश्यक जनशक्ति, उपकरण र आवश्यक औषधि आपूर्ति गर्ने भनिए पनि कार्यान्वयन भएको छैन। प्रदेश सरकारले आठ वटै जिल्लाको अस्पतालहरूको लागि कर्मचारी, चिकित्सक भर्ना प्रक्रिया अगाडि बढाए पनि कार्यान्वयन फितलो छ। चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त रहेको प्रादेशिक अस्पतालका प्रमुख प्रमोदकुमार यादवले जानकारी दिए।   

कोरोनाको पहिलो चरणमै जनकपुरधाम १४ मुजेलियास्थित मणिपाल अस्पताललाई विशेष कोभिड अस्पताल बनाउने कुरा वर्ष दिनदेखि चलेपनि अझै अन्योलता कायमै छ। 

यो पनि,,,,पार्टीले एक असल र निष्ठावान् नेता गुमायो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन्।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन्।

 कोभिड–१९ को सङ्क्रमणबाट मङ्गलबार चौलागाईको निधन भएको थियो । प्रधानमन्त्री ओलीले भद्र, शालीन, मिलनसार छवि बनाएका  चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

‘एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्‍याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उनले भनेका छन् ।

चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षसमेत भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button