मेडिसिटी अस्पतालले भन्यो : जटिल नयाँ बिरामी भर्ना लिन सक्दैनौं

नेपाल मेडिसिटी अस्पतालमा कोभिड-१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ।

अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको  उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए। 

चालीस  भन्दा बढी  भेन्टिलेटर सहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ। 

प्रत्येक दिन ४ सय पचास देखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने जनाएको हो। 

विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग  अपील गरेको छ।  

अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ।

यो पनि,,,,फेरि संसद विघटन गर्ने खेल हुँदैछ : घनश्याम भुसाल

नेकपा (एमाले) नेता घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए।

उनले लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन।’

भुसालले झलनाथ–माधवलाईगाली गरेर नेकपा एमालेलाई विभाजित गरिन लागेको तर्क गरेका छन्। उनले भने,‘हिजो प्रचण्डलाईगाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाईगाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा विवाद भएको बताउँदै आत्मसर्पण क्रान्तिप्रति गद्दारी भएको प्रतिक्रिया दिएका छन्।

भुसालले लेखेका छन्, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

माधवकुमार नेपाल समूहले २०७७ फागुन २८ गते र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो  बटम लाइन भएको बताउँदै आएको छ।

सोमबार संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा माधवसमूहका २८ सांसद उपस्थित भएनन्। उनीहरुले मत नदिदा ओलीको पक्षमा ९३ सांसद्ले मत आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button