
उपत्यकाका यि दुई नगरपालिका कोरोनाको हटस्पट
काठमाडौ । भारतसंग सिमा जोडिएका मात्र होइन काठमाडौ उपत्यकाका शहर पनि कोरोनाको हट स्पट बनेका छन् । भक्तपुरका चार नगरपालिकामध्ये दुई नगर हटस्पट बन्ने खतरा बनेका छन्।

मध्यपुर थिमि र सूर्यविनायक नपा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । यि नगरपालिका हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नपाका कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ।
बिहीबार भक्तपुरमा एकैदिन ८० जना कोरोना भाइरस संक्रमित थपिँदा मध्यपुर थिमिका २२ र सूर्यविनायक नपाका ३७ जना थिए। त्यस्तै बुधबार ८६ जनामा कोरोना पुष्टि हुँदा मध्यपुर थिमिका २३ र सूर्यविनायक नपाका २८ जना रहेका थिए।
भक्तपुरमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४ सय पुगेको छ। जसअनुसार मध्यपुर थिमि नपाका मात्रै एकसय ६१ जना रहेका छन्। सूर्यविनायक नपामा भने संक्रमित संक्रमित एकसय ३७ जना पुगेका छन्। त्यस्तै भक्तपुर नपामा ४८ र चाँगुनारायण नपामा ४५ जना सक्रिय संक्रमित रहेका छन्।
भक्तपुरमा संक्रमितको संख्या १० हजार एक सय ४९ पुगेको छ।
यो पनि,,,पुनर्निर्मित धरहराको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, दिपावली गरौं
काठमाडौ । पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच शनिवार पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो ।
त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।
प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाए । उनले भने,‘मलाई अलीअली आइफिल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ ।
धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’
‘आजको यो दिनमा कमसेकम आफ्नो घरमा दीपावली गरौं भनेर अनुरोध गर्छुु, उनले भने ‘धरहरा पुनर्निर्माण हुने रहेछ, रानीपोखरी बन्नेरहेछ, बन्यो। मेलम्चीको पानी आउने रहेछ आयो। वृहत टुँडिखेलको योजना बन्दै छ, त्यो पनि सफल हुन्छ।’
उनले काठामाडौंलाई नयाँ स्वरुप दिने बताए। विश्वका मानिसलाई काठमाडौं आउँ आउँ जस्तो सहर बनाउने ओलीले प्रष्ट्याए।
एक पटक घुमेर हुँदैन फेरि आउनु पर्छ जस्तो काठमाडौं बनाउने उनले बताए। कोरान महामारी भनेर नरोकिइ रानीपखेरी र धरहरा पुनर्निर्माण गरेको उनले बताए।
धरहरामा परेर ज्यान गुमाएका परिवारहरुलाई यसमा सिर्जना हुने अवसरमा सहभागी गराउने उनले बताए। परिवारको एक जनालाई प्राथमिकताका साथ रोजगारी उपलव्ध गराउने उनको भनाई छ।



