यिनै हुन् कोरोनाका कारण मृत्यु भएकी नर्स अनिशा, ३ महिनाकी छोरी बनिन टुहुरी

पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् ।

गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् ।

सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्‍यो ।’

विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध छन् ।

नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।

छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो ।

केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो ।

बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाइनन् ।,

यो पनि,,,रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिलाको छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् ।

दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट संक्रमितको संख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।

यो पनि,,सचिनका बुवालाई लोक गायिकाको दरिलो झापड – तेजेन्द्रले दुहुनी गाइ बनायो भन्दै जङ्गीईन, गीत गाएर पैसा नदेको कुरा सबै झुट (भिडियो)

पछिल्लो समय सचिन परियारको बिषयमा लोक गायिका पारु केसीले यस्तो भनेकी छिन । केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बिबादमा तानिएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्यास्रो लाग्यो,भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् चर्को बिबादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बिबादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् । एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आन्तरिक कुरा बाहिर ल्याएकी छन् ।

दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने हल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गोप्या कुरा बाहिरिन थालेको छ । काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।

हेर्नुस पारु केसीको तेजेन्द्र परियारलाई कडा च्यालेन्ज।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button