करेन्ट लागेर हेटौंडामा दम्पतीको मृत्यु

घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ 

करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

स्थानीयका अनुसार मिटरबक्समा लगेको तार झोलिएका कारण तार उचाल्नका लागि तयार पारिएको फलामको पाइप प्रयोग गर्ने क्रममा हाईटेन्सन लाइनमा छुदा करेन्ट लागेको हो । मृतक दम्पतीका नाबालक छोरा र छोरी छन् ।

चितवनमा ट्याक्टर दुर्घटना, पाँच जनाकाे मृत्यु

 पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हाे ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना २४/२५ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी छ ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा आइतबार नै म्याजिक भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button