
ट्राफिक नियम उल्लघन गर्ने १८२ चालक कारबाहीमा
काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।

त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने तीनजना पनि कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1