सुनको मूल्य बढ्यो, तोलामा कति?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

सोमबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रति कित्ता ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार २४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button