
अस्पताल भर्ना गराएर आफन्तहरु फर्केर आएनन्, उनले चारा खुवाएर हुर्काएको परेवा यसरी खोज्दै आयो
काठमाडो । यि विरामी कहाँका हुन् त्यसको परिचय खुलाईको छैन । एक जना नर्सले यो तस्बीर सार्वजनिक गर्दै लेखेकी थिइन् तीन दिन देखि अस्पतालमा भर्ना भएका यिनका कोही आफन्त आएका छैनन् ।

उनलाई अस्पतालमा चिकित्कस र नर्सले नै सेवा गर्दै आएका छन् । अस्पताल भर्ना गरेर गएका आफन्त फर्केर नआएपनि एउटा परेवाले उनको रेखदेख गरिरहेको छ ।

ति विरामीको वरीपरी बस्छ, कतिवेला पनि उनलाई छोड्दैन । नर्सले पछि थाहा पाइन् त्यो परेवाले विरामीलाई नछोड्नुको कारण ।
उनले त्यो कुरा पनि सार्वजनिक गरेकी छन् । ति बिरामी अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । एउटा चरामा पनि यस्तो मानवता देखेर ति नर्स छक्क परेपछि यो पोष्ट सार्वजनिक गरेकी थिइन् ।
यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता शेषकान्त गौतमले पनि यो कुरा सार्वजनिक गर्दै लेखेका छन्, जुन नर्सले यो तस्विर खिचिन् उनको भनाइअनुसार यी बृद्ध व्यक्त्ति उपचारको लागि अस्पत्तालमा भर्ना भएको ३ दिन भयो । आजसम्म पनि उनका परिवारका मान्छे, नालनाता तथा साथीभाइ कोही पनि उनको बारेमा सोधखोज गर्न आएका छैनन् ।
तर २ दिनजति भयो, एउटा परेवा एकछिन एकछिनमा आउँदै, उनको बिस्तरामाथि बस्छ अनि फेरि उडेर जान्छ ।
पछि यो पत्ता लाग्यो कि त्यो अस्पतालको छेउँतिरको बगैँचाको एउटा बेन्चमा बसेर ती बृद्ध व्यक्त्तिले त्यो परेवालाई दिनहुँ चारो दिने गर्दथे । (बेजुबान फरिश्ता)

यो पनि,,,,,,रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनु ?
कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन ।
दिनभरी ज्याला मजदुरी गरेर घर चलाउने उहाँको दम्पती नै बेरोजगार बनेको छ ।
कोरोना महामारीको डरले न उनीहरु काममा जान सकेका छन् न उनीहरुलाई काम दिनेहरुले नै काममा बोलाएका छन् । “श्रीमान् छोराछोरीसँग खेल्छन्, चिन्ता नगर भन्छन् तर मलाई भान्सामा पकाउने तरकारी नहुँदा तनाव हुन्छ”, रूपाले भन्नुभयो, “लकडाउन हुँदैछ भनेपछि किनेर राखेको चामल पनि सकिन थालेको छ ।
छोराछोरीको विद्यालय बन्द भएपछि उनीहरु पनि घरमै छन् ।
विगतभन्दा अहिले घरमा दिनमा चार पटक खानेकुरा पाक्छ । आर्थिक समस्या भएकाले तरकारी, दाल सकिएको छ । के पकाउनु भन्ने चिन्ता बढेको छ ।”
जानकी–४ की तेतरानी चौधरीको घरमा त अन्न पनि सकिन थालेको छ । एकल महिला तेतरानीका चार सन्तान छन् । सबै खाउँखाउँ र लाउँलाउँ उमेरका छन् । घर निर्माण कार्यमा सहयोगीको काम गर्ने तेतरानीको समेत काम बन्द भएको छ ।
निर्माण व्यवसायीले लकडाउनपछि सङ्क्रमणको जोखिम बढ्यो भन्दै काम बन्द गरेपछि तेतरानीको चुल्हो बल्ने अवस्था छैन ।
“शुरुका केही दिन छिमेकीसँग सापटी मागेर खाइयो, जिल्ला प्रशासन कार्यालय कैलालीले एक सातामात्रै बन्द गर्छ होला जस्तो लागेको थियो तर लकडाउन लम्बिँदै गयो”, तेतरानी भन्नुहुन्छ, “भोक लाग्छ, केटाकेटी खान खोज्छन्, यस्तै रहे के खाने भन्ने चिन्ता बढेको छ । कसैले काम दिएको भए म त काममा फर्कन्थेँ ।”
टीकापुर–८ की धौली साउदको परिवार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि स्वदेश फर्किएको छ । भारतमा महामारी फैलिएपछि रोजगारी गुम्दा उहाँको परिवार स्वदेश फर्किएको हो ।
भारतमा रहेका नेपालीले यातायात खर्च सहयोग गरेर स्वदेश फर्किएको धौलीको परिवारलाई यहाँ छाक टार्न समस्या भएको छ ।
“नेपाल फर्किएपछि छिमेकीले चामल सहयोग गरे, बस्नलाई घरमात्र छ तर तरकारी खाने बारी छैन”, साउदले भन्नुभयो, “किसानको तरकारी बारीमै सडेका खबर आउँछन्, त्यसरी बजार नपाएको, सडिरहेको तरकारी हामीलाई उपलब्ध गराइदिए छाक टार्न सजिलो हुन्थ्यो । हाम्रो नि भोक मेटिन्थ्यो ।”
महिला अधिकारकर्मी निर्मला कडायत भान्सा व्यवस्थापनको जिम्मेवारी बढी महिलाले लिने भएकाले परिवारको पेट कसरी भर्ने ? भन्ने चिन्ता महिलालाई हुनु स्वाभाविक भएको बताउनुहुन्छ ।
“आर्थिक सङ्कटका बेला परिवारका सदस्यहरु पनि मितव्ययी भइदिनुपर्छ, अनावश्यक माग गर्नु हुँदैन”, कडायत भन्नुहुन्छ, “अति समस्यामा रहेका परिवारलाई स्थानीय सरकारले हेर्न आवश्यक छ ।”
यो महामारीको समयमा अधिकांशको रोजगारी गुमेकाले समस्या निम्तिएको छ । रोजगारी गुमेका, व्यवसायी तथा कर्मचारी पनि लकडाउन भएका कारण घरमै बसिरहेका छन् । दैनिक काममा जानेहरु घरमै बस्दा सामान्य समस्या भइहाल्छ ।
यस्तो समस्याका बेला छिमेकी एकअर्काको सहयोगी बन्न आवश्यक छ । टीकापुर बहुमुखी क्याम्पसका समाजशास्त्र विषयका प्राध्यापक शिवचरण चौधरी कतिपय किसानले बारीमा तरकारी सडेर गाइवस्तुलाई खुवाउन थालेकाले नभएकाहरुलाई सहयोग गर्न आग्रह गर्नुहुन्छ ।
“घरमै मानिस बोलाउने कुरा भएन तर आफूसँग भएको तरकारी, अन्न छिमेकीलाई घरबाहिरै राखिदिएर, पु¥याइदिएर सहयोग गर्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “मानिस सहयोगी बनौँ, विपत्तिमा सहयोगी हातहरु बढेमा बाँच्न हौसला मिल्छ । बाँच्नका लागि सबै काम बन्द भएकाले यतिखेर बाँच्ने उपाय खोजौँ ।”



