काठमाडौंको न्युरोड गेटमा घट्यो अनौठो घटना , जे न हुनु थियो त्यही भयो ?

काठमाडौं – काठमाडौंमा प्रहरीको गाडीबाट हा’मफा’ले‍र एक जना थुनुवा फरार भएका छन् ।

प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन् जब र्ज’स्ती क रणीको आरोपमा पक्राउ परेका उनी महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहका अनुसार पीसीआर परीक्षण गराउन वीर अस्पताल लाँदै गर्दा परियार फरार भएका हुन् । स्याङ्जा घर भएका परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि ,अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ ।

शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो ।

उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।

बैंक बाट ऋण लिएर कुनै काम गर्नु भएको थियो ? त्यसो भए राष्ट्र बैंकले जारि गर्यो यस्तो सूचना !

नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिको साँवा ब्याज भुक्तानी गर्ने अवधि थप गरिदिएको छ ।

राष्ट्र बैंकले शुक्रवार चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।

त्यस्तो साँवा ब्याज आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सकिने बताइएको छ ।

निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने ईएमआईर ईक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरुको हकमा यस्तो व्यवस्था गरिएको हो ।

ग्राहकहरुको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी आगामी पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै, महामारीबाट अति प्रभावित क्षेत्रमध्ये होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा लगायतका वाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीमा प्रवाह भएको कर्जाको २०७९ असारसम्म पाक्ने व्याजको छुट्टै हिसाव राख्ने व्यवस्था गरिने बताइएको छ ।

त्यस्ता ऋणीको हकमा अन्तरराष्ट्रिय भ्रमण सहज भई यथेष्ठ रुपमा पर्यटकको आगमन हुने अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसावमा राख्ने व्यवस्था गरिने बताइएको हो ।

साथै, यस्तो रकममा थप हर्जाना र पेनाल्टी ब्याज नलाग्ने व्यवस्था पनि मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

यस्तै, कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिने बताइएको छ ।

यो व्यवस्था कोभिड–१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने मौद्रिक नीतिमा उल्लेख छ।
यसैगरि कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने बताइएको छ ।

कोभिड–१९ बाट अति प्रभावित सार्वजनिक यातायात संचालनर मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था पनि गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button