
देश त अब फिजी हुने निश्चित ; कृष्ण प्रसाद शर्मा
भारतीय विस्तारबादको पराकाष्ठामा देश!
देशको महान भ्रष्ट अपराधिक क्रियाकलापमा संलग्न प्रचण्ड र राष्ट्रघाती माधवकुमार नेपालको साथ राष्ट्रघाती देशद्रोही विदेशीको गोटी प्रधानमन्त्री देउवालाई।
यि तिन चारबटा विवेकहीन नेतृत्व नै देश लिलाम गर्नमा दोषी भएको ठहर।
उपेन्द्र यादव ,महन्त ठाकुर भारतीय दलालबाट तराईमा बसोबास गर्ने जन नागरिकलाई अल्यमतमा पार्ने रणनीति सफल।।
अब देश विदेशीलाई सुम्पने कि बचाउने।
यी देशका राक्षसहरूलाई सडकमा ल्याएर नङग्याउने कि अझै देश लुटन लिने हाम्रो राष्ट्रिय प्रश्न देशमा वन जन नागरिकलाई ?
देशको अवश्था राजनीतिक दल र पार्टी एवं सरकारले गरेको राष्ट्रघात र विवेकहीनको मुल्यांकन र देशमा अब आमूल राजनीतिक परिवर्तन गर्न सकिएन भने देश रहदैन । नेपालको कहालीलाग्दो वर्तमान अनिश्चित भविष्यको सबै जन नागरिकले समीक्षा गर्ने समय आएको छ। अब यस्ता परचक्रीका दासहरूबाट देश जोगाउन र अनिर्णयको बन्दी भएको देशलाई स्वतन्त्र बनाउन अब जनता जाग्नु पर्छ। जनताको भाग्य र भविष्य सुनिश्चित गर्न।राष्ट्र बचाउने र निर्माणकार्यमा हामी सबै आफै जुटनु पर्छ।
देशमा भारतीयले यही नागरिकतन भारतीयलाई दिएर नेपाली जनता र राष्ट्रलाई कब्जा गर्न नेपाली काँग्रेसका नेता गणेशमान लगायत तत्कालीन सात दलीय नेतालाई आफ्नो पक्षमा पारेर नेपालको काठमाडौमा भारतीय नेता काठमाडौंको क्षेत्रपाटी गणेशमान कहाँ बसेसर देशमा ढाडो वैदेशिक हस्तक्षेप गरेर जनतालाई भेडा बनाएर प्रजातन्त्रको नाममा जन आन्दोलन मच्चाएर २०४६ सालमा नेपालमा आन्दोलन गरेर पंचायती व्यवस्था फालेर नेपालमा कथाकथित प्रजातन्त्र ल्याए।
यसमा मुल कारण देश र जनाको भाग्य र भविष्य सुनिश्चितता र बिकास।र।सम्मृद्धि थिएन थियोे त देशको प्राकृतिक सम्पदा, नदीनाल, कलकारखाना र पार्टीका नेताको सत्ता भत्ता पद र कुर्सीको सुरक्षाकालागि थियोे। २०४७ सालमा भारतीय नागरिकलाई २३ लाख ८६ हजार ९ सय १३ जनालाई नेपाली नागरिकता वितरण गरेका थिए। २०५२ सालमा शेर बहादुर देउवा प्रधानमन्त्री हुदा विदेशीलाई नागरिकतन दिने महन्त ठाकुरको अध्यक्षतामा एउटा कार्यदल बनाएर ५० लाख नागरिकता दिने योजना थियोे तर त्यस समयमा यसका विरूद्ध सर्वोच्चमा रिट निवेदन पर्यो र खारेजी भयो। यसै बिषयलाई निरन्तरता दिने २०५४ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका पालामा ३५ हजार भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरिएको थियोे। २०५८ सालमा मावोवदी जनयुद्ध कालमा भारतीय विदेश मन्त्री जसवन्त सिंह नेपाल भ्रमणमाआउदा तराईमा बस्ने भारतीय नागरिक असुरक्षित छन तिनलाई नेपाली नागरिकता दिनु पर्छ भनेर आफ्नो भाषणमा नै अभिव्यक्ति दिएका थिए।
भारतीय तत्कालीन गृहमन्त्री रामराजा सिंहले त नेपालमा १ करोड भारतीय नागरिक बस्छन र तिनीहरूलाई जो जे जति छुटफुट भएका छन सबैलाई नागरिकता दिन भारतको लखनऊको आम सभामा नै उद्घोष गरेका थिए। २०६३ सालमा यहीँ नागरिकताकोलागि नेपालको आन्तरिम संविधान २०६३ नै जारी गरेर देशको महान भ्रष्टाचारी राष्ट्रघाती प्रचण्ड र गिरिजाकै पहलमा तराईमा रहेका ४० लाख भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरेका थिए। इतिहास साक्षी छ देशको राष्ट्रघाती,भ्रष्टाचारी,विदेशी गुलाम अतिवादी पार्टी भनेको नेपाली काँग्रेस हो प्रणाम साक्षी र राष्ट्रघात गरेको इतिहास कै कालखण्डमा राष्ट्रघात गरेको छ।
२००७ साल देखि २०७९ सम्म यी राष्ट्रघातीले देश र जनताप्रति गरेको जनघात र राष्ट्रघातको हिसाब किताब लिन सक्नु पर्छ। अधिकार मागेर।होइन खोसेर लिन सक्ने क्षमता ती करोड नेपालीमा हुनु पर्छ। २०५४ सालमा तत्कालीन ? प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पालामा ३५ हजार भारतीय नागरिकलाई नेपाली नागरिकता दिईएको थियो । वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले महाकाली सन्धि पुरा गरेपछि अर्थात २०५३ सालमा महाकाली भारतलाई जिम्मा दिएपछि संशोधन सहित नागरिकता बिधेयक सदनमा प्रस्तुत भई गरिजा प्रसाद कोईरालाको सहमतिमा त्यतिखेर नै विदेशी नागरिकले वैवाहिक सम्बन्धको आधारमा अंगिकृत नागरिकता पाउनु पर्छ भनेर सदनबाट पास गर्न निर्यण हुदा सर्वोच्चले बदर गरेको थियोे। त्यस समयमा संबैधानिक राजाको प्रमाणिकरण लालमोहर नलागी कानुनी बैधता नहुने हुँदा तत्कालीन राजा वीरेन्द्रले यसका वारेमा पुनः बिचार गर्न सर्वोच्च अदालतमा राय सल्लाह मागे र यो संशोधन सहितको नागरिकता बितरण प्रकृया राष्ट्रिय हितमा छैन भन्ने निर्णय आएपछि नागरिकता विधेयक पास भएन।
नेपाली काँग्रेस यस्तो राष्ट्रघाती पार्टी हो जसले देशको सबथोक समाप्त पार्यो। कोशी सम्झौता , गन्डक सम्झौता , टनकपुर सन्धि, महाकाली सन्धि, MCC सम्झौता हाल SPP सम्झौतामा समेत आन्तरिक रूपमा पास गर्न वहस गरिरहेको छ। यो पनि ढिलो चाडो पास गरिनै हाल्छ। आज सदनमा प्रस्तुत गरिएको नागरिकता संशोधनको प्रस्ताव गठबन्धनको जोड घटाउमा गठबन्धनका बहुसंख्यक सदस्यले प्रतिनिधि सभाबाट पास गरेरै छाडे। यश बिषयमा ४५ बटा साँसदहरूले संशोधन प्रस्ताव खारेज गर्न जोडतोडका साथ लागेका थिए तर संभव भएन।
वास्तवमा यसमा प्रचण्ड ,माधवकुमार नेपाल र शेर बहादुर देउवा सबै गठबन्धनका पाँचबटै उच्चस्तरीय नेतृत्व दोषी छन र यी राष्ट्रिय अपराधी नै हुन। देशमा राजनीतिक प्रणाली र कानुनी पद्धति हुन्छ। जसमा यस्ता राष्ट्रिय सवालमा देशका सार्वभौमसत्ता समेतमा आँच आउने देशका नागरिक नै अल्पमतमा पर्ने विदेशीले सहज रूपमा यसरी एक हातमा सिंदुर र अर्को हातमा नागरिकता दिने सदनबाट कानुन नै वनाएर देश नै वर्वाद पार्ने जसले जतिखेर मन लाग्यो त्यतिखेर फुटपाथमा मुमफली बेचे जस्तो गरि नागरिकता दिनुले देशको अवश्था र राष्ट्रिय स्वाधीनता कहाँ पुग्छ यो कति गंभीर कति अक्षेम्य अपराध हो। सिमावर्ती भारतीय नागरिक ,नेपालमा बसोबास गर्ने र जसले वैधानिकरूपमा नागरिकता पाएका छन ती सबैका नातेदार नेपाल स्थित नागरिकका भारतीय आफन्त सबै,यसबाट, भुटानी शरणार्थी ,तिब्बतीयन, बंगलादेशबाट नेपालमन आएका रोहङ्गा लगायत पशुपति नाथ मन्दिर र गौसालामा भिख माग्ने सम्मले सहजै पाउने भए। यी राष्ट्रघाती नेताको पक्षमा नेपाली नागरिक छैनन अब भारतको विहार, उत्तरप्रदेशबाट भारतीय नागरिक नेपालमा जम्मा गरेर करोडौं भारतीयलाई नेपाली नागरिकता बाढेर सत्तामा जाने यो दुनियाँमा नभएको देश र जनताप्रति गद्दारी गरे। खव भारतीबाट हज्जारौ भिखारी नेपालमा हुलेर शेर बहादुर बाउ आमा आर्जु र काका बाऊ प्रचण्ड भएर नागरिकता बाढने जस्तो वर्तमान परिघटनाले देखाउछ।
यश बिषयमा देशको प्रधानमन्त्री र प्रचण्ड दोषी छन। यिनीहरू भागदौड गरेर भारत भ्रमणमा जानु र २०४६ साल पछि यी प्रजातन्त्रको नाममा देश र जनतालाई ठगेर प्रधानमन्त्री बन्दासाथ यिनीहरूको २०४७ देखि २०६३ साल सम्म नागरिकताको नै मुल मुद्दा बनाएर गए २०६३ मा त प्रचण्डले यसैको निरन्तरताकालागि ज्यानै पाल्न लागेका थिए। यस्तो राष्ट्रघात र जनघात रोक्नकालागि विद्वान वकिल बालकृष्ण न्यौपाने लगायतका विद्वानहरूले सर्वोच्च अदालतमा रिट हालेर खारेज गरेका पनि छन।
अमेरिकामा ग्रिन कार्ड पाउन कम्तीमा ५ बर्ष लाग्छ छिमेकी मुलुक भारतमा ७ बर्ष लाग्छ, पाकिस्तानमा ६ बर्ष लाग्छ। संसारका देशमा विदेशीले नागरिकता पाउन जाय जन्म र ४ बर्षदेखि १५ बर्ष लागेको पाईन्छ तर नेपालमन एकै दिनमा विदेशीले नागरिकता पाउने कस्तो वैज्ञानिक व्यवस्था हो ? भुटानमा नागरिकतालिन बच्चा जन्मेर बच्चाले नागरिकता पाएपछि , माल्दिभ्समा १२ बर्ष, श्रीलंकामा ७ बर्ष र अफगानिस्तानमा ७ बर्ष लाग्छ। कम्तिमा यस्तो राष्ट्रिय र संवेदनशील बिषयमा अन्तर्राष्ट्रिय अध्ययन हुनु पर्छ कि प्रदैन जे पनि गरिदिने ? यी देशका प्रधानमन्त्री हुन कि विदेशी राष्ट्रका मुख्य मन्त्री या विदेशीका गोठाला वा यी जनप्रतिनिधि जनता र देशका हुन कि विदेशीका बुझनै गाह्रो भयो यति सम्म लज्जास्पद काम कोही कसैले गर्छ ?
यो नागरिकता संशोधन विधेयक जसरी प्रतिनिधि सभामा पेश गरेर पास गरे। यसमा वैवाहिक अंगिकृत नागरिकता भनिएको मात्र हो। यसपछि मेरो भाइ मेरो दाइ, मेरो काका, मेरो भतिजा, मेरी श्रीमती भनेर लगभग ५० लाख विदेशीले नागरिकता पाउछन। यसमा खाने दातँ र देखाउने दात फरक छ। यो नेपाली जनताबाट हारेका विदेशीसंग लम्पसार परेका देशका पार्टीका उच्च नेतृत्वले द्रव्यदान लिएर गैर नागरिकलाई नागरिक बनाएर प्रदेश र प्रतिनिधि सभामा हामीलाई भोट दिने सर्तमा यो जघन्य अपराध गरेका हुन खै बुझेको ?
यस्तो संसारमा नभएको नाटक नेपालमा भयो यसलाई भनिन्छ नेपाली मुर्गी बेलायती बोली भनेको यहीँ हो।। देशका नेता देशका नेता भएनन। देश सर्व चिज सम्पन्न भएरपनि विपन्न बनाए देशका भ्रष्ट पार्टीका नेतृत्वहरूले। विशेषत यिनी लोभीपापी देशै बेचुवा नेताको पैतलामा आफ्नो भाग्य र भविष्य सुनिश्चित देख्ने लठैत कार्यकर्ता नै मुल दोषी र प्रमुख राष्ट्रघनती र देशद्रोही भएको एक स्थलगत तहकिकात अनुसन्धानफे स्पस्ट पारेको छ।
अब देशमा विदेशी नागरिकले सहजै नागरिकता पाउने नेपाली जनतालाई अल्पमतमा पार्ने यो खतरनाक रणनीति हो। विदेशीले चहान्थ्यो कि युद्ध र हतियार गोला बारूदबाट देश कब्जा गर्न तर विश्व राजनीति र परिभेषलाई बुझेर नक्कली नागरिकलाई सक्कली नागरिक बनाएर भोटको माध्यमबाट देश कब्जा गर्न देशका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, प्रधानमन्त्री कै धर्मपत्नी आर्जु राणा, गगन कुमार थापा, माधवकुमार नेपाल , पुष्प कमल दाहाल प्रचण्ड , बाबुराम भट्टराई , झलनाथ खनाल, उपेन्द्र यादव, चित्र बहादुर केसी यी सबै र यो राष्ट्रघाती नागरिकतन संशोधन बिधेेयकलाई समर्थन सही गर्ने यी सबै राष्ट्रिय अपराधी हुन र विगतमा MCC पास गर्दा जो जस्ले हस्ताक्षर गरेका छन ती सबै प्रधानमन्त्री ,मन्त्री र सभासद देश जनताका देशद्रोही र।राष्ट्रिय अपराधी नै हुन।
अब जनता यिनका पक्षमा छैनन अब सत्ताको विरासद कति खेर जाने हो अब विदेशीलाई नागरिकता दिएर फेरि चुनाव जित्न विदेशी महाप्रभूलाई प्रसन्न बनाएर पैसा लिन यो राष्ट्रघात गरेका हुन।यस्तो राष्ट्रघात २०४६ साल देखि २०५२ र २०५८ सम्म राजाको हत्या , मदन भन्डनारी।र जिवराज आश्रित समेतको घटना यस्तै राष्ट्रघात गर्न नपाएर देशका तत्कालीन सैनिक प्रमुख पार्टीका शीर्ष नेता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र तत्कालीन सेनापति समेत राजा वीरेन्द्रको हत्याका डिजाइनर हुन। अब त फिजीमा यसैगरी नागरिकताकै कारण महेन्द्र चौधरीले फिजी कब्जा गरेजस्तो गरि नेपाल वुलेटबाट होइन व्यालेटबाट कब्जा गर्ने भयो विदेशीले नेपाल । सिक्किममा यहीँ डिजाइनमा लेन्डुप दोर्जेले सिक्किम भारतलाई बुझायो ठिक त्यही रणनीति प्रदेश नं. दुई हस्तान्तरण गर्ने कि सिंगो देश बुझाउने देशका लेन्डुप शेर बहादुर, प्रचण्ड बहादुर,माधवकुमार र अरू राष्ट्रघतीले पाँच तारे होटलमा तनाबाना बुन्ने काममा निरन्तरता दिइरहेका छन। सवाल हो देशको , सवाल हो हाम्रो स्वाभिमान र राष्ट्रियताको अब जन नागरिक प्रतिवादमा उत्रिन ढिलो नगरौ।
अब यो राष्ट्रघात प्रतिनिधि सभाबाट पारित गरे कसरी रोक्ने ?
यसमा चार बटा विकल्प देखिन्छ :
१- प्रतिनिधि सभाबाट मात्र पारित भएर पुग्दैन यसकालागि राष्ट्रिय सभाबाट समेत राष्ट्रिय सभाका सदस्यको बहुमतले पास गर्नु पर्छ ऐमालेले सच्चै नै यो नागरिकता प्रकरणको बिरोध गरेको हो भने राष्ट्रिय सभामा ऐमालेको बहुमत छ। राष्ट्रिय सभाबाट अनुमोदन न हुन सक्छ।
२- जसरी २०५४ र २०५६ सालमा गिरिजाप्रसाद र शेर बहादु सत्तामा रहेको अवश्थामा तत्कालै राजा वीरेन्द्रले प्रमाणिकरण गरेनन अर्थात लालमोहर न लगाएर सर्वोच्च अदालतको राय मागे र सर्वोच्च अदालतले यो राष्ट्रिय हितमा छैन भन्ने राय आएपछि स्वतः खारेजी भएको थियो त्यसै अनरूप राष्ट्रिय सभाबाट समेत पास भएर राष्ट्रपति समक्ष पुगेमा राष्ट्रपतिले विशेष अधिकार प्रयोग गरि यो नागरिकता संशोधन र लागू गर्ने विधेयक रोक्न सम्छन।
३- राष्ट्रपतिबाट पनि यो काम भएन भने तत्कालीन विद्वान वकीलबाट रिट हालेर अदालतको पनि अदालत सर्वोच्च अदालतले रोक्न सक्छ।
४- प्रतिनिधि सभाका ४५ जना साँसदले पास गरेका छन यो कसरी बहुमत भयो जवकि प्रतिनिधि सभामा २७५ जना सांसदको संख्या छ। यो कसरी बहुमत भयो । MCC मा पनि अल्पमत छ यो कसरी वैधानिकता पायो। यस्तो राष्ट्रघाती सम्झौता र नागरिकता बिधेयकमा हस्ताक्षर गर्ने को को हुन यस्ता राष्ट्रघातीको पहिचान हुन जरुरी छ।
४- यतिले पनि यो रोक्न सकिएन भने देशका सचेत नागरिक र बिशेषत उपत्यकाका जनता सडकमा वर्लेर सडक आन्दोलनबाट जसर गुठी बिधेयक जनताले खारेज गरे त्यसरी रोक्न सकिन्छ अवको आन्दोलन सडक आन्दोलन भयो भने यो बिधेयक त के वर्तमान सरकार नै खारेज हुन्छ। एक पटक छातीमा हात राखेर पार्टीका नेताको झोला बोक्न छाडेर राष्ट्रवादी नेता राजेन्द्रप्रसाद लिङ्गदेनलाई मात्र एक पटक साथ लिऊ। देशलाई बचाउने एउटामात्र शक्ति र सामर्थ्यता राख्ने नेतृत्व नै राजेन्द्र लिङ्गदेन हुन। देशप्रति जवाफदेही बन्न देशका नागरिकमा मेरो राष्ट्रिय र राष्ट्रवादी अपिल। राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी। जय मातृभूमि नेपाल ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



