
केपी ओलीको गृहनगरमा राप्रपाको विजयी
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर तथा निर्वाचन क्षेत्र दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ ।

एमालेकी उम्मेदवार पूर्व नगर उपप्रमुख गीताकुमार अधिकारीलाई राप्रपाका रामकुमार थापाले ५५९ मतले हराए । थापाले १७५२५ मत पाए । निकटतम प्रतिष्पर्धी अधिकारीले १६९६६ मत पाइन्।

उपप्रमुखमा गठबन्धनकै कांग्रेस उम्मेदवार रेगिना प्रसाई विजयी बनिन् । उनले १७०७२ मत पाउँदा निकटतम प्रतिष्पर्धी एमालेका अम्विका प्रसाद खनालले १६५७४ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



