ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु

ललितपुरको जावलाखेलमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेकी छन् ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले जनाएको छ ।

दुर्घटना हुने बेला जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

सम्बन्धित समाचार

Back to top button