
काठमाडौंको मेयरमा राप्रपाबाट मदन दास श्रेष्ठले गराए उम्मेदवारी दर्ता
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदन दास श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा मनोनयन दर्ता गराएका हुन्।

श्रेष्ठले नगरको हकहित र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले भने,’ नगरको हकहित र विकाशका लागि कटिवद्ध भएर लड्छु। स्वास्थ्य र शिक्षामा विशेष जोड दिन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



