बालेन शाहले गरे उम्मेदवारी दर्ता

काठमाडौं : र्‍यापर एवं इन्जिनियर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

आज विहान २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका शाहले आइतबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन केन्द्रमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि शाहले आफूलाई युवाहरु र नयाँ पुस्ताको साथ रहेको बताए। महानगरमा आमूल परिवर्तनका लागि युवाले पुरानो पुस्तालाई विदाई गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने उनले विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button