
प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।

आज मेरियट होटलमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका लागि प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मेरियट पुगेका थिए।
यसअघि मेरियटमै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गरेका थिए।
आजै बिहान विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



