
‘गुल्मीमा केपी ओलीलाई धुलो चटाउँछौं’ : माधव नेपाल

उनले निर्वाचनमा गुल्मीवाट एमालेले धुलो चाटेपछि केपी शर्मा ओलीको चुरीफुरी हराउने बताएका छन् । एकीकृत समाजबादी पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा एमालेलाई केन्द्र, प्रदेश सरकारबाट हटाएर धुलो चटाएको बताए ।

यती गर्दा पनि केपी ओली नसुध्रीएकाले अब गुल्मी जिल्लाबाट पनि धुलो चटाएपछि चुरीफुरी हराउने टिप्पणी गरे । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई धुलो चटाइदिन शहरी विकास मन्त्री रामकुमारी झाँर्कीलाई केहि दिन जिल्लामा खटेर काम गर्न पनि उनले निर्देशन दिए । जसरी राजतन्त्रका निम्ति आन्दोलनमा उत्रिएका थियौं नेपालले भने,‘अब ओली प्रबृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ ।
हुँदा खादाको झन्डै दूई तिहाइको सरकारमा हुँदा ब्यक्तिबादी सोचका कारण सत्ताबाट बाहिर रहनु परेको उनको भनाई छ । आगामी स्थानीय तहको निर्वाचनमा एमाले नराम्रो हिसाबले पछाडी पर्ने भन्दै गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहने समेत उनले संकेत गरेका छन् ।



