माधव नेपाललाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ?

काठमाडौं :

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’

उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।

अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

ओलीले गठबन्धन केही नभएको र स्यालहरुको मोर्चा कसेर हात्तीको सि’कार गर्न नसकिने बताए। उनले कार्यक्रममा प्रचण्डलाई व्यङ्ग्य गर्दै माओवादीका जनप्रतिनिधि तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै गरेको बताए।

हामीबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई पनि व्यङ्ग्य गरेका छन्।

उनले ६० वर्षका माथिले कांग्रेसलाई भोट नहाल्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button