विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्य नियुक्त
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको रुपमा पदभार ग्रहण गरेका छन् ।
कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेपछि उनले आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।
झन्डै ३ दशक अनुभव भएका शाक्यलाई प्राधिकरण तथा ऊर्जा क्षेत्रमा सक्षम व्यक्तिको रुपमा लिइन्छ ।
यस अघि सरकारले कुलमान घिसिङलाई २०७३ भदौ २९ गते कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २८ गते बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1