‘माउन्ट केटू’ आरोही नेपाली टोलीलाई पूर्वराजा शाहद्वारा बधाई
१७ माघ, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले हालै विश्वकै दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’ को सफलतापूर्वक आरोहण गरी कीर्तिमानी राखेको नेपाली टोलीलाई बधाई दिएका छन् ।
हालै १० नेपालीले माउन्ट केटू हिमालको आरोहण गरी कीर्तिमानी राखेका थिए ।
उनले आज एक शुभकामना सन्देश जारी गर्दै सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको आरोहणको उच्च कदर गरेका छन् ।
‘सर्वाधिक चीसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवम् सम्मानभाव प्रकट गर्दछु ।
त्यस्तो प्रयत्नबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्थामा वृद्धि भएको अनुभूति मैले लिएको छु’, उनले बधाई सन्देशमा भनेका छन्- ‘नेपाल विश्वका अनेकौँ उच्चम हिमालको देश हो ।
अनि अनकौँ साहसी आरोही र पथप्रदर्शक र प्रेरकको मुलुक हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1