बलात्कार आरोपमा १७ वर्षीय किशोर पक्राउ

कुश्मा : बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षीय महिला बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागू हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button