फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल नियगले एक साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
यसअघि माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो।
पछिल्लो वृद्धिसँगै काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ, र डिजेल/मट्टितेलको मूल्य ९७ रूपैयाँ कायम भएको छ।
यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ। मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुने निगमले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1