
प्रहरीको नयाँ तलबः कसको कति छ तलब ? हेर्नुहोस (सूचना सहित)
पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा वृद्धि गरिएको निजामती कर्मचारीको तलब साउन १ गतेबाट कार्यान्वयनमा आएको छ।

साउन २५ को मन्त्रिपरिषद् बैठकले वृद्धि गरिएको तलबमान साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालय सोहीअनुसार कार्यान्वयन गर्न बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई परिपत्र गरेको छ।

परिपत्रमा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कायम गरेको उल्लेख छ।
यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा सबैभन्दा थोरै रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ तलब कायम गरिएको छ।
आईजीपी र एआईजीको तलब स्केल बराबर छ। यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६६ हजार ८ सय ६० तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ तलब पुर्याइएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ५५ हजार ९ सय ६४ रुपैयाँ तथा प्रहरी उपरीक्षक (एसपी) को ५३ हजार ४० रुपैयाँ तलब कायम गरिएको छ।
यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)को तलब ४९ हजार ४ सय ४५, प्रहरी निरीक्षक (इन्स्पेक्टर) को ४८ हजार १ सय २६ तथा प्रहरी नायब निरीक्षक (सई) को ३८ हजार २ सय ५६ रुपैयाँ बनाइएको छ।
यस्तै प्रहरी सहायक निरीक्षक (असई) को तलब ३५ हजार २ सय ४१, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तोकिएको छ।
विस्तृत विवरण तलको सूचीमा–




